Monday, August 31, 2015
चिया-कफी पिउनुहुन्छ ? पहिले यो पढ्नुस्...
Sent from my iPhone
जाडोमा जोगिनुपर्छ- उच्च रक्तचाप र मुटुका रोगीले ।
अत्यन्त चिसोमा सबैले सावधानी अपनाउनुपर्छ । तर यस्तो मुटुको रोग र उच्च रक्तचाप भएकाहरूले झन् विषेश सतर्कता अवलम्बन गर्नु आवश्यक छ । यो मौसममा छातीमा पीडा, हृदयाघात, मुटु, उच्च रक्तचापको समस्या लिएर विशेषज्ञकहा पुग्ने बिरामीको संख्या बढ्ने गरेको पाइन्छ । तापक्रममा कमी र चिसोमा बढोत्तरीले मुटु रोगीको समस्यामा वृद्घि हुन्छ । जाडो याममा रगत जम्ने खतरा उत्पन्न गर्ने प्रोटिनको स्तरसँगै रक्तचाप समेत बढ्छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको शल्यक्रिया विभागका अध्यक्ष एवं त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. भगवान् कोइराला जाडो मौसममा मुटुको समस्या लिएर आउनेहरू धेरै हुने गरेको बताउँछन् । चिसोमा सामान्यतः रक्तचाप बढ्ने गरेको पाइन्छ । यस्तो बेला रक्तनली खुम्चिनाले रक्तचापमा वृद्घि देखिने गरेको हो । जाडो याममा मुटु रोगीका लागि समस्या अलि बढी हुने उल्लेख गर्दै सहिद गंगालाग राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. मनबहादुर केसी भन्छन्, 'गर्मी याममा मुटु रोग नियन्त्रित भएकाहरूमा पनि जाडोमा अनियन्त्रित देखिने गरिन्छ ।' जाडो मुटु स्वास्थ्यका लागि प्रतिकूल मौसम रहेको जनाउँदै डा. केसी जाडो यामले मुटुका गम्भीर रोगीहरूलाई दुर्घटना निम्त्याउन सक्ने समेत बताउँछन् । जाडो याममा मुटुले रगत पम्प गर्न गर्मीको दाँजोमा बढी शक्ति खर्च गर्नुपर्ने हुन्छ । जाडोयाममा रक्तचाप बढ्ने, छाती दुख्ने (एन्जाइना) लगायत मुटुको समस्यामा वृद्घि पाउने गरिएको उल्लेख गर्दै गंगालालको कार्डियोलजी विगाग प्रमुख डा. यादव भट्ट भन्छन्, 'यो समस्या मध्य वयका, चुरोट खानेहरू र मुटुको समस्या भएकाहरूमा बढी देखिन्छ ।'मुटु रोग भएका र बूढापाकाहरूले जाडो याममा बढी ध्यान दिनुपर्ने डा. केसीको सुझाव छ । 'मुटुको गम्भीर रोग भएकाहरूले जाडोमा बढी ध्यान दिनुपर्छ, अझ एक पटक हृदयाघात भएकाहरूले यो मौसममा बचाउका बढी उपाय गर्नुपर्छ ।'त्यस्तो उपाय स्वरूप मुटु सम्बन्धी समस्या भएकाहरूका लागि यो मौसममा देखिने नकारात्मक प्रभावलाई कम गर्न सकिन्छ । शरीरलाई न्यानो राख्नु, हावाको आवतजावत कायम राख्दै कोठालाई न्यानो पार्नु, बढी चिसोमा एक्कासि ननिस्किनु त्यस्ता केही उपाय हुन् । यस्तै उच्च रक्तचाप र मुटुका रोगीले मर्निङवाकमा निक्लनु हुन्न । त्यस्ता व्यक्तिहरूले घाम लागेपछि पैदल हिँड्नु मात्रै राम्रो हुन्छ । जाडो मौसममा चिसोले गर्दा रक्तनलीहरू खुम्चिएका हुन्छन् । अनि रगतको प्रवाह कम हुन्छ । पहिलेदेखि नै 'प्लाक' ले अवरुद्घ रहेको रक्त नली भएकाहरूमा रगतका नली बन्द हुने खतरा बढी हुने प्रा.डा. कोइराला औंल्याउँछन् । उनका अनुसार, जाडो मौसममा धमनी कडा भएर रक्त प्रवाहमा अवरोध आउनाले मुटुलाई कम मात्रामा अक्सिजन प्राप्त हुन्छ । यसले गर्दा हृदयाघात हुन सक्छ । यो स्थिति मुख्यतः मुटुका रोगी र पाकाहरूमा बढी देखिने गरेको छ । जाडोमा मुटु रोगीहरू न्यानो गरी बस्नु्पर्ने आवश्यकता समेत विज्ञहरू औंल्याउँछन् । चिसो याममा खानपान सन्तुलित नहुँदा मुटुको समस्या बढ्छ । त्यसैले जाडो याममा हल्का खाना खानुपर्छ, साँझ छिट्टै खाइसक्नुपर्छ । मद्यपान गर्ने भए थोरै गर्ने तर धूमपान भने गर्दै गर्नुहुन्न । अमेरिकास्थित म्यासाचुसेट्स जनरल हस्पिटलको हृदय केन्द्रका अनुसार, जाडो याम हुने स्वास्थ्य सम्बन्धी जोखिमहरूमध्ये हृदयाघात मुख्य समस्या हो । 'कोरोनरी आर्टरी डिजिज' भएकाहरू र कोलेस्ट्रोलले मुटुको रक्तनली जमेकाहरू जाडो मौसममा हृदयाघातको उच्च जोखिममा रहने केन्द्रले जनाएको छ । त्यस्ता पीडितहरूले जाडो याममा छाती दुख्ने समस्या एन्जाइनाको अनुभूति गर्न सक्छन् ।
जाडोमा मुटु रोगीले
Sent from my iPhone
उच्च रक्तचापबाट बच्न ४ मन्त्र
उच्च रक्तचापबाट बच्न ४ मन्त्र
-डा भारत रावत, डिएम कार्डियोलोजी, नर्भिक अस्पताल
Sent from my iPhone
Saturday, August 29, 2015
Image Channel News Feed
Image Channel Feed @ ImageKhabar.com
Image Channel News Feed
![]()
- इङ्गलिश प्रिमियर लिग फुटबलमा आज राती आठ खेल हुने
- दुई साता देखिको बन्दले तराईको जनजीवन कष्टकर
- यु–१९ साफ फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिडदै
- डोमेनिकनमा एरिका आँधीमा परी २० जनाको मृत्यु
- काबेली करिडोर प्रशारण लाइनको परिक्षण प्रसारण सुरु
- निरन्तरको बन्दले सयौं मालबाहक ट्रक सीमामा थन्किए
- कैलालीमा ६ दिनदेखि निरन्तर कर्फ्यु, जनजीवन कष्टकर
- नागाल्याण्डमा सात जना पृथकतावादी मारिए
- पुर्वमन्त्री वाग्लेको 'बलिदानले बनेको देश' सार्बजनिक
- आज जनै पूर्णिमा पर्व धुमधाम मनाइदैं, विभिन्न धार्मिक स्थलमा भब्य मेला
- बोकोहरामका दश जना सदस्यलाई मृत्युदण्ड
- एसएलसीमा उच्च अंकसहित उत्तीर्ण हुने ११ जना सम्मानित
- फोहोरले पाँचखालको कृषिफाँट संकटमा (भिडियोसहित)
- बदनाम गर्नेको हिसाब–किताब राख्ने ईश्वर पोखरेलको चेतावनी
- सुर्तीको सुरुआत कसरी भयो, कसरी–कुन रुपमा शरीरमा हुन्छ असर ?
- 'मुकेश कायस्थलाई जिउँदो सहिद घोषणा गर्नुपर्छ'
- इमेजकर्मीसहित ४ पत्रकार सम्मानित
- दिक्तेलमा सद्भाव र्याली
इङ्गलिश प्रिमियर लिग फुटबलमा आज राती आठ खेल हुने
Posted:
Name: इङ्गलिश प्रिमियर लिग फुटबलमा आज राती आठ खेल हुने
Content:काठमाडौं, भदौ १२ । इङ्गलिश प्रिमियर लिग फुटबल प्रतियोगितामा आज आठ खेल हुदै छन् । नेपाली समय अनुसार साझ ५ः३० बजे आर्सनलले न्युकासल युनाइटेडको सामना गर्दै छ ।
यस्तै, राति पौने ८ बजे हुने खेलहरुमा म्यान्चेष्टर सिटिले वाटफोर्डसँग, लिभरपुलले वेष्टहाम युनाइटेडसँग, चेल्सीले क्रिष्टल पयालेससँग, लेष्टर सिटिले ए.एफ.सि बोर्नमाउथसँग, स्टोक सिटिले वेष्टब्रोमविच आलिबयनसँग तथा एस्टोनभिल्लाले सन्डरल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ ।
प्रतियोगिता अन्तर्गतनै राती सवा १० बजे टोटनहाम हट्स्पर र एभर्टन पनि आमने सामने हुदै छन् ।
दुई साता देखिको बन्दले तराईको जनजीवन कष्टकर
Posted:
Name: दुई साता देखिको बन्दले तराईको जनजीवन कष्टकर
Content:काठमाडौं, भदौ १२ । संयुक्त मधेशी मोर्चा र थरुहट संघर्ष समितिले गरेको दुई साता लामो बन्दका कारण तराईका जिल्लाको जनजीवन निक्कै कष्टकर बनेको छ ।
थरुहट संघर्ष समितिको आन्दोलन १९ दिनदेखि जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलन शनिबार १५ औं दिनमा पुगेको छ ।
दिनभरी ज्यालादारी गरेर गुजारा चलाउनेहरु बन्दका कारण आम्दानी ठप्प भएपछि उपभोग्य बस्तुको भाउं महंगिएपछि समस्यामा परेका छन् ।
बन्दकर्ताले पेट्रोल पम्पहरु समेत खुल्न नदिंदा बजारमा इन्धन अभाव संगै कालोबजारी निक्कै बढेको छ । जनकपुरका सडकमा मिनरल वाटरका बोतलमा पेट्रोल प्रतिलिटर १ सय ५० रुपैंयाका दरले बिक्रि हुने गरेको छ ।
उता, संयुक्त मधेशी मोर्चा र थरुहट संघर्ष समितिले शनिबार बन्द केही खुकुलो पारेका छन् । शनिबार जनैपूर्णिमा तथा रक्षा बन्धन परेकोले आन्दोलनकारीले सर्वसाधारणलाई मध्य नजर गर्दै बजार खोल्न दिएका हुन् ।
थरुहट संघर्ष समितिको आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बांके, बर्दियालगायतका जिल्लामा बन्द र प्रदर्शन जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलनका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण जनैपूर्णिमा र रक्षा बन्धन पर्व मनाउंन टाढा टाढा जानुपर्ने सर्वसाधारण मारमा परेका छन् ।लगातारको बन्दका कारण आजित भएपछि यि जिल्लाहरुमा स्थानिय आफैंले केही स्थानमा बजार खुलाए पनि यातायातका साधन भने संचालन हुन सकेको छैन ।
राजमार्गमा एस्कर्टिङ गरी लामो दूरीका सवारी साधन सञ्चालनमा ल्याइए पनि प्रदर्शनकारीले त्यसमा पनि अवरोध पुर्याउने कोशिस गर्दै आएका छन् । जसले गर्दा स्थानिय खुलेर आवत जावत गर्न सकेका छैनन् ।
यु–१९ साफ फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिडदै
Posted:
Name: यु–१९ साफ फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिडदै
Content:काठमाडौं, भदौ १२ । पहिलो अन्डर नाइन्टिन साफ च्याम्पियन्सिप फुटबल प्रतियोगिताको उपाधिका लागी शनिबार (आज) आयोजक नेपाल र भारत भिड्दै छन् ।
सातदोबाटो स्थित एन्फा कमप्लेक्सको मैदानमा दिउसो ३ बजे देखि फाइनल भिडन्त सुरु हुने छ ।
प्रतियोगिताको सेमिफाइनलमा नेपालले अफगानिस्तानको चुनौति पन्छाएको थियो भने भारतले बंगलादेशलाइ पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त तय गरेको थियो ।
आज नेपाली टोलीले भारतलाई पराजित गर्दै उपाधि जितेको खण्डमा नेपाली फुटबल जगतमा २२ बर्ष देखिको उपाधि खडेरी तोडिने छ ।
सन् १९ सय ९३ मा छैटौ दक्षिण एसियाली खेलकुदमा भारतलाई फाइनलमा हराउँदै नेपाली फुटबल टोलीले स्वर्ण पदक जितेको थियो । त्यसयता नेपाली पुरुष फुटबल टोलीले कुनै पनि उपाधि जित्न सकेको छैन ।
तर दक्षिण एसियाली फुटबलको 'पावर हाउस' भारतलाई हराउन नेपाली टोलीलाई सजिलो भने हुने छैन ।
दक्षिण एसियाको सर्बाधिक सफल फुटबल इतिहास बोकेको भारत पनि नेपाली टोलीलाई घरेलु मैदानमा 'जिल्याउदै' उपाधि घर लैजाने दाउमा छ ।
पछिल्लो समय महत्वपुर्ण प्रतियोगितामा भारत नेपालको लागी तगारो बन्ने गरेको छ । यस्तो अवस्थामा नेपाली टोलीसँग घरेलु मैदानमा भारतसँग बदला लिंदै ऐतिहांसिक उपाधी पोल्टामा पार्ने मौका छ ।
यसका लागी नेपाली खेलाडीहरुले संयमित प्रदर्शन गर्न आवश्यक छ । प्रतियोगितामा कमजोर देखिएको नेपाली डिफेन्सलाइनले आज सुधारिएको प्रदर्शन गर्न सके तथा बिमल घर्तीमगर, अन्जन बिष्ट, अनन्त तामाङ लगायतका भरोसा गरिएका खेलाडीहरुले आफ्नो भुमिकालाई न्याय गर्न सके नेपाली टोलीले घरेलु मैदानमा नयाँ इतिहास रच्न सक्ने छ ।
डोमेनिकनमा एरिका आँधीमा परी २० जनाको मृत्यु
Posted:
Name: डोमेनिकनमा एरिका आँधीमा परी २० जनाको मृत्यु
Content:काठमाडौं, भदौ १२ । क्यारिबियन राष्ट्र डोमेनिकनमा एरिका नामक आँधीमा परी २० जनाको मृत्यु भएको छ ।
आँधीमा दर्जनौं व्यक्ति हराइरहेका छन् । आँधीका कारण बाढी र पहिरोमा परी यत्रो हताहती भएको त्यहाँका प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
सयौं घर, पुल र सडकलगायतका संरचना ध्वस्त भएको बताइएको छ । हैटी र डोमेनिकन रिपब्लिक आँधीबाट बढी प्रभावमा पर्ने आशंका गरिँदै छ ।
उता अमेरिकाको फ्लोरिडामा आँधीले पार्नसक्ने असरलाई ख्याल गर्दै आपतकाल घोषणा गरिएको छ । (एजेन्स)
काबेली करिडोर प्रशारण लाइनको परिक्षण प्रसारण सुरु
Posted:
Name: काबेली करिडोर प्रशारण लाइनको परिक्षण प्रसारण सुरु
Content:पाँचथर, भदौ १२ । पाँचथर र ताप्लेजुङको सीमा हुँदै वग्ने कावेली नदीबाट उत्पादित १ सय ३२ के.भी.ए क्षमताको काबेली करिडोर प्रशारण लाइनको परिक्षण प्रसारण सुरु गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले करिडोर सम्पन्न भएपछि इलाममा सानीमा माई हाइड्रो पावरद्वारा उत्पादित २२ मेगावट विद्युत पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिने काबेली करोडोरका प्रवन्ध निर्देशक वसन्त कुमार नेम्बाङले जानकारी दिए ।
उनका अनुसार इलामको गोदकदेखि झापाको दमकसम्म ३४ किलोमिटर प्रसारण लाइन प्राधिकरणले निर्माण गरेको हो ।
१ वर्ष अघि नै निर्माण सम्पन्न भएको सानीमा माईले प्रशारण लाइन नहुँदा ब्यवसायिक उत्पादन गर्न सकिरहेको थिएन ।
काबेली करिडोरको दमकसम्मको भाग निर्माण हुँदा पाँचथर र इलामका सानीमा माई बाहेक १० मेगावाटको अपरमाई ४ दशमलव २ मेगावाटको माई, ६ मेगावाटको पुवा, ३ मेगावाटको अपर पुवाँ र ८ मेगावाटको जोगमाई आयोजनालाई फाइदा भएको छ ।
निरन्तरको बन्दले सयौं मालबाहक ट्रक सीमामा थन्किए
Posted:
Name: निरन्तरको बन्दले सयौं मालबाहक ट्रक सीमामा थन्किए
Content:भैरहवा, भदौ १२ । सिमाङ्कनप्रति असन्तुष्टि जनाउँदै १६ दिनदेखि जारी बन्दले गन्तव्य सम्म जान नपाएपछि मुलुकको दोस्रो ठूलो भैरहवा भन्सार नाका बेलहियानजिकै भारतीय सीमामा सयांै मालबाहक गाडी थन्किएका छन् ।
भारतको विभिन्न सहरबाट मालसामान लिएर बेलहिया आईपुगेका गाडी मधेसी मोर्चा लगायतका दलले गरेको बन्दका कारण सीमामै थन्किएका हुन् ।
अहिले एक हजारभन्दा बढी मालबाहक गाडी भारतीय सिमामै रोकिएका छन् । यसबाट दैनिक करोडौंको राजश्व घाटा भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त कार्यालय प्रमुख पार्वती रमण दाहालले बन्द पहिले दैनिक ५ सय गाडी भित्रनेमा अहिले २ सय को हाराहारीमा मात्र भित्रने गरेको छ ।
दैनिक ९ करोड राजश्व संकलन हुने भैरहवा भन्सारबाट अहिले दैनिक ९० लाख देखि ३ करोडसम्म मात्र संकलन हुने गरेको छ ।
बन्दको कारण बुटवल, भैरहवाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन भने बिद्यालय, कलकरखाना, बजार पूर्ण रुपमा बन्द छन् ।
बन्दले औद्योगिक क्षेत्र, थोक बजार, भैरहवा क्षेत्रको सिमेन्ट उद्योग प्रभावित हुँदा दैनिक अरबौको नोक्सानी भएको छ । पर्यटकीय क्षेत्र लुम्बिनी सुनसान छ । उता, सुनौली भन्सार नाकामा पनि हजारौं मालबाहक सबारी साधन रोकिएका छन् ।
जसका कारण फलफूल र तरकारी बिग्रिन थालेको छ । बन्दले सिद्धार्थ र पूर्व पश्चिम राजमार्गमा सवारी साधन नचल्दा राजमार्ग छेउका होटल व्यवसाय नराम्रो गरी प्रभावित भएको छ ।
कैलालीमा ६ दिनदेखि निरन्तर कर्फ्यु, जनजीवन कष्टकर
Posted:
Name: कैलालीमा ६ दिनदेखि निरन्तर कर्फ्यु, जनजीवन कष्टकर
Content:कैलाली, भदौ १२ । सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै दंगाग्रस्त क्षेत्र घोषणा गरिएको कैलालीका दुई नगरपालिका र नौ गाविसमा लगाइएको कर्फ्यु आज छैठौं दिन पनि जारी छ ।
टीकापुर र भजनी त्रिशक्तिनगरपालिका, दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुरमा लगाइएको कफ्र्यू स्थानीय प्रशासनले निरन्तर गरेको हो ।
दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेना परिचालन गरिएको छ । धनगढी नगरपालिकामा भने ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि फेरी कर्फ्यु जारी गरिएको छ ।
शुक्रबार पनि ११ बजे लगाइएको कर्फ्यु साँझ ६ बजेपछि फुकुवा गरिएको थियो । लगातारको कफ्र्यूले कैलालीको जनजीवन निकै कष्टकर बनेको छ । कर्फ्युले टीकापुर र सदरमुकाम धनगढी सुनसान छ ।
भारतबाट आउने यात्रु दिनभर सीमावर्ती गौरीफन्टा बजारमा अलपत्र पर्ने गरेका छन् । उता, टीकापुरमा गत सोमबारको हिंसा पछि लगातारको कफ्र्युका कारण हिडडुल बन्द हुनुका साथै दैनिक उपभोग्य बस्तुको अभाव भएपछि टीकापुरबासीले उकुसमुकुस र पीडा खेपिरहेका छन् ।
त्रासका कारण युवाहरुले गाउं छाडेपछि थारु समुदायका बस्तीमा बुढापाका मात्र बांकी रहेको बताइएको छ ।
यसैबीच कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईंले आन्दोलन प्रभावित जिल्लाका सम्पूर्ण सभासदलाई जिल्ला पुगेर सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन ।
नागाल्याण्डमा सात जना पृथकतावादी मारिए
Posted:
Name: नागाल्याण्डमा सात जना पृथकतावादी मारिए
Content:काठमाडौं, भदौ १२ । भारतको नागाल्याण्डमा सुरक्षा कारवाहीमा सात जना पृथकतावादी मारिएका छन् ।
मारिने पृथकतावादी संगठन एनएससीएनका सात सदस्य हुन् । नागाल्याण्डको तुएनसाँग जिल्लामा सुरक्षा बलसँगको मूठभेडमा उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।
मारिनेमा एक जना महिला पनि रहेकी छिन । घटनास्थलबाट ठूलो मात्रा हतियार र गोलाबारुद पाइएको बताइएको छ । जूनमा मणिपुरमा यसै समूहको आक्रमणमा परी १८ जना मारिएका थिए । (एजेन्सी)
पुर्वमन्त्री वाग्लेको 'बलिदानले बनेको देश' सार्बजनिक
Posted:
Name: पुर्वमन्त्री वाग्लेको 'बलिदानले बनेको देश' सार्बजनिक
Content:काठमाडौं, भदौ १२ । पुर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता चिरन्जीवी वाग्लेको दोस्रो कृतिका बजारमा आएको छ ।
नेपाल निर्माणमा राजा पृथ्वीनारायण शाहको भुमीकामा केन्द्रित 'बलिदानले बनेको देश' नामक उपन्यासको शुक्रबार राजधानीमा विमोचन गरिएको हो ।
पुर्वमन्त्री वाग्लेद्धारा लिखित ऐतिहासिक उपन्यासको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले गरेका थिए ।
उनले विमोचन कार्यक्रममा मुलुक फेरी टुक्रिने खतरा बढीरहेका बेला नेपालको पुर्नएकिकरणका लागि फेरी अर्को पृथ्वीनारायण शाहको आवश्यकता परेको बताए ।
नेपाल निर्माणमा राजा पृथ्वीनारायण शाह सहित जंगवहादुर राणा र विपी कोईराला गरी तिन जनाको आ आफ्नो कालखण्डमा उच्च योगदान रहेको उपकुलपति घिमिरेले चर्चा गरे ।
विद्धानहरुले मुख खोलेर सत्य बोल्न डराउनु हुदैन भन्दै उनले भने, "हामी सत्य नवोल्दा मुलुक विग्रीयो, राजनिति विग्रीयो, विचार विग्रीयो र हामी पनि विग्रीयौ " । कार्यक्रममा उपन्यासका लेखक पुर्वमन्त्री वाग्लेले मुलुक विखण्डनको दिशा तर्फ गएकाले मुलुक जोड्ने मेहनेतको प्रशंग उठान गरेको बताए ।
उनले यो मुलुक कसरी बनेको हो र कसरी जोडिएको हो भन्ने कुराको मनन गराउन आफ्नो पुस्तक सफल हुने विश्वास व्यक्त गरे ।
पुस्तकका लागि राष्ट्रकवि माधव घिमिरेले शुभकामना सन्देश दिएका थिए भने साहित्यकार दिनेशराज पन्त र वाल्मीकी क्याम्पसका प्राध्यापक नवराज कट्टेलले समिक्षा गरे । पुर्वमन्त्री वाग्लेद्धारा लिखित बन्दनशालामा 'खिर' नामक पुस्तक यसअघि नै प्रकाशित छ ।
आज जनै पूर्णिमा पर्व धुमधाम मनाइदैं, विभिन्न धार्मिक स्थलमा भब्य मेला
Posted:
Name: आज जनै पूर्णिमा पर्व धुमधाम मनाइदैं, विभिन्न धार्मिक स्थलमा भब्य मेला
Content:काठमाडौं, भदौ १२ । शनिबार (आज) हिन्दू धर्मावलम्बीहरुले देशभर जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्व मनाउँदैछन् ।
जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् ।
यस्तै सुरक्षाको लागि भन्दै नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ । आज बाँधिएको डोरो गाई तिहारका दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार भइन्छ भन्ने जनविश्वास छ ।
यस्तै वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित असरमा फेरि ऊर्जा ल्याउन भन्दै आज नौ जातका अंकुरित गेडागुडी मिसाएर पकाएको पौष्टिकतत्वयुक्त क्वाँटी खाने गरिन्छ ।
उता, रसुवाको धार्मिक तथा पबित्र तिर्थस्थल गोसाईकुण्डमा जनै पूर्णिमाको अवसरमा मेला लागेको छ ।
भगवान् शिवको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रही आएको छ ।
मेला भर्न देशका बिभिन्न स्थानको साथै बिदेशबाट समेत भक्तजनहरु गोसाईकुण्ड पुगेका छन् । अघिल्लो बर्षहरुको तुलनामा यस बर्ष यहाँ पुग्ने भक्तजनको संख्या भने निकै कम रहेको छ ।
भाद्र शुक्ल एकादशीदेखि सुरु भएको जनै पूर्णिमा मेला आजसम्म लाग्दछ । यस बर्ष गएको भूकम्पका कारण भक्तजनको उपस्थिति न्युन देखिएको हो । मेलाको व्यवस्थापनमा नेपाली सेना, नेपाल रेडक्रस सोसाईटी, नेपाल प्रहरी र स्काउट खटिएका छन् ।
गोसाईकुण्ड समुन्द्रीसतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको छ भने यसको लम्बाई ६ सय मिटर छ भने चौडाई ३ सय ७० मिटर रहेको छ ।
त्यस्तै भाइ र बहिनीको प्रेम प्रतीकको रुपमा मनाइने रक्षा बन्धन पर्व र र जनै पूर्णिमा आज मिथिलाअञ्चल क्षेत्रमा पनि धूमधामका साथ मनाइंदै छ ।
जनकपुरको जानकी मन्दिर, राममन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको भीड लागेको छ । रक्षा बन्धनको अवसरमा दिदी बहिनहरुले आफ्ना दाजु भाइहरुलाई राखी बानी रक्षा बन्धन पर्व मनाइंदैछ ।
उता, पुर्बको गोसाईकुण्ड भनेर चिनिने संखुवासभाको प्रसिद्ध धार्मिक तिर्थस्थल सभापोखरीमा पनि भक्तजनको घुईचो लागेको छ ।
म्याग्दीको नागी वाराही र शिखको खयरवाराही मन्दिरमा पनि जनैपूर्णिमाको अवसरमा मेला लागेको छ ।
बोकोहरामका दश जना सदस्यलाई मृत्युदण्ड
Posted:
Name: बोकोहरामका दश जना सदस्यलाई मृत्युदण्ड
Content:काठमाडौं, भदौ १२ । विभिन्न स्थानमा विष्फोट गराएको आरोपमा दोषी पाइएपछि अफ्रिकी मुलुक चाडमा बोकोहरामका दश जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
तीन दिसम्मको बहसपछि मृत्युदण्डको सजायँ सुनाइएको हो । जून महिनामा निजामेयमा ३८ जना मारिने गरी गराइएको आक्रमणमा दोषी ठहर गर्दै यो सजायँ सुनाइएको बताइएको छ ।
नाइजेरियामा सक्रिय बोकाहरामले चाडमा गरेको यो पहिलो आक्रमण थियो ।
बोकोहरामको आतंकले नाइजेरियासँग सीमा जोडिएका अरु देश पनि प्रताडित हुन थालेपछि क्षेत्रीय सेना नै बनाएर कारवाही थालिएको छ । (एजेन्सी)
एसएलसीमा उच्च अंकसहित उत्तीर्ण हुने ११ जना सम्मानित
Posted:
Name: एसएलसीमा उच्च अंकसहित उत्तीर्ण हुने ११ जना सम्मानित
Content:काठमाडौं, भदौ ११ । यस वर्षको एसएलसी परीक्षामा उच्च अंकसहित उत्तीर्ण भएका ११ जना विद्यार्थीलाई शुक्रबार सम्मान गरिएको छ ।
ओम एजुकेसन एकेडेमीले राजधानीमा एक कार्यक्रम गरी ९० प्रतिशतभन्दा बढी अंक ल्याएका तथा प्रथम श्रेणीमा उत्तीर्ण भएका ११ जनालाई सम्मान गरेको हो ।
कार्यक्रममा ओम एजुकेसन एकेडेमीमा अध्ययक्ष बद्रिनारायण मानन्धरले यस्तो सम्मानले विद्यार्थीहरुको हौसला बढ्ने र भविष्यमा केही गर्न उत्प्रेरण मिल्ने बताए ।
सम्मान कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए ।
फोहोरले पाँचखालको कृषिफाँट संकटमा (भिडियोसहित)
Posted:
Name: फोहोरले पाँचखालको कृषिफाँट संकटमा (भिडियोसहित)
Content:काभ्रे, भदौ ११ । राजधानीमा ४० प्रतिशतभन्दा बढी तरकारी आपूर्ति गर्ने काभ्रेको पाँचखालस्थित कृषिफाँट अहिले समस्यामा परेको छ ।
धुलिखेल नगरपालिकाभित्र उत्पादित फोहोर किसानको खेतमा पुगेपछि कृषिफाँट नै संकटमा परेको छ । फोहोरका कारण किसानसमेत चिन्तित बनेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
बदनाम गर्नेको हिसाब–किताब राख्ने ईश्वर पोखरेलको चेतावनी
Posted:
Name: बदनाम गर्नेको हिसाब–किताब राख्ने ईश्वर पोखरेलको चेतावनी
Content:काठमाडौं, भदौ ११ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आन्दोलनका नाममा पार्टीविरोधी गतिविधि गरे चुप लागेर नबस्ने बताएका छन् ।
एमाले मुख्यालय धुम्बाराहीमा शुक्रबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी अध्यक्षलाई बदनाम गर्ने काम जारी रहे एमालेले पनि त्यसको हिसाब–किताब राख्ने चेतावनी दिए ।
एमालेलाई अहिले संविधान जारी गर्ने मुख्य हतारो रहेकाले आफ्ना एजेन्डा छोडेर लचकताका साथ प्रस्तुत भएको उनको भनाइ थियो ।
कार्यक्रममा समाजवादी जनता दलका महासचिव कृष्णबहादुर शाहीलगायतलाई पोखरेलले एमालेमा स्वागत गरेका थिए ।
सुर्तीको सुरुआत कसरी भयो, कसरी–कुन रुपमा शरीरमा हुन्छ असर ?
Posted:
Name: सुर्तीको सुरुआत कसरी भयो, कसरी–कुन रुपमा शरीरमा हुन्छ असर ?
Content:काठमाडौं । आजभन्दा हजारौं वर्ष अघिदेखि नै मानिसहरुले सुर्तीलाई धुम्रपान वा खैनीको रुपमा खान वा सेवन गर्न थालिसकेका थिए । सुर्तीखेतीको सुरुआत सबैभन्दा पहिले करिब ६ हजार वर्षअघि उत्तर तथा दक्षिण अमेरिकाबाट भएको थियो । सुरुमा युरोप तथा एसियाका मानिसहरुलाई अमेरिकाबारे जानकारी थिएन ।
चौथो शताब्दीमा स्पेनका क्रिस्टोफर कोलोम्बस त्यहाँ पुगेपछिमात्र अमेरिका बारे बाँकी विश्वलाई थाहा भएको हो । युरोपेलीहरुलाई अमेरिकाबारे थाहा भएपछि उनीहरुले कालान्तमा त्यसलाई उपनिवेश नै बनाए र त्यहाँका प्राकृतिक स्रोतहरुलाई बढी प्रयोगमा ल्याइयो । त्यहीक्रममा युरोपेलीहरुले अमेरिकामा पहिलेदेखि भएको सुर्तीको ठूलो मात्रामा उत्पादन गरी त्यहीँबाट युरोप र विश्वका अन्य भागहरुमा व्यापक रुपबाट निर्यात गर्न थाल्यो । यसरी निकोटिनको प्रमुख स्रोतको रुपमा रहेको सुर्तीको विश्वव्यापी रुपमा खेती र निर्यातको सुरुआत भयो ।सुर्तीको असरको बारेमा परापूर्वकालदेखि नै विवाद चल्दै आएको छ । सुरुसुरुमा सुर्तीले मानिसलाई 'प्लेग'को महामारीबाट जोगाउँछ भन्ने विश्वाससमेत गरिन्थ्यो । तर, लामो समयसम्म सुर्तीको सेवन गर्दा विभिन्न खराबीहरु पनि देखिन्थ्यो । त्यसैले मनिसहरु के विश्वास गर्थे भने सुर्ती र विभिन्न घातक रोगहरुकाबीचमा अवश्य पनि कुनै सम्बन्ध हुनुपर्छ । त्यसबेला विज्ञान तथा प्रविधिको विकास भइनसकेकोेले मानिसहरुको यो शंका प्रमाणित त हुन सकेन तर पछि विज्ञानले त्यसलाई सही ठहर्यायो ।
निकोटिन प्राकृतिक रुपमा पाइने तरल अल्कोलाइड रसायन हो । यो रसायन कार्बन, हाइड्रोजन र नाइट्रोजन तत्वहरुको रासायनिक संयोगबाट बनेको हुन्छ । यस्तै, अर्को किसिमको अल्कलोइड रसायन क्याफिन पनि हो । जुन कफी र चियामा पाइने गर्छ । यही कारण कफी र चिया सेवन गरेपछि चुरोट खान थालेपछि मानिसलाई त्यसको तलतल लाग्ने गर्छ । किनभने, यस्ता अल्कोलोइड रसायनले मानिसको शरीरमा प्रभाव पार्ने एक किसिमको आनन्ददायी उत्तेजना पैदा गर्ने गर्छ ।
एउटा सुर्तीको बोटमा करिब ५ प्रतिशत निकोटिन हुने गर्छ । एउटा चुरोटमा चाहिँ त्यसको ब्रान्ड हेरेर निकोटिनको मात्रा ८ देखि २० मिलिग्रामसम्म हुन सक्छ । रोचक त के छ भने चुरोट तान्दा त्यसमध्ये पनि एक मिलिग्राम जतिमात्र हाम्रो शरीरले ग्रहण गर्ने गर्छ । मात्रा यति थोरै भएपनि त्यसले मानिसलाई आनन्द प्रदान गर्ने र त्यसको लत बसाइहाल्छ ।
शरीरमा निकोटिन कसरी घुस्छ र कसरी फालिन्छ ?
अन्य लठ्याउने रसायनहरु जस्तै निकोटिनलाई पनि हाम्रो शरीरले विभिन्न भागबाट ग्रहण गर्न सक्छ । तीमध्ये पनि केही भागहरुबाट यो रसायनलाई हाम्रो शरीरले प्रमुख रुपमा ग्रहण गर्ने गर्छ । जस्तै छाला, फोक्सो, गिजा बाट । तर, हाम्रो शरीरमा सबैभन्दा बढी निकोटिन भित्र्याउने चीज चाहिँ चुरोट नै हो ।
हाम्रो फोक्सोमा स साना हावाका थैलाहरु करोडौंको संख्यामा रहेका हुन्छन् । यी थैलाहरुको काम फोक्सोमा हावा लिने र फाल्ने नै हो । तर, चुरोट खाँदा यी हावाका थैलाहरुमार्फत् निकोटिन हाम्रो रक्त प्रणालीमा मिसिने गर्छ । यी माध्यमहरुबाट शरीरमा प्रवेश गरेको निकोटिन स–साना रक्तनलीहरुमार्फत् निकोटिन रगतमा मिसिन पुग्छ र रगत हुँदै यो तुरुन्तै मस्तिष्कसम्म पनि पुग्छ । यसरी शरीर र मस्तिष्कमा पुगेका निकोटिनले विभिन्न असरहरु गर्ने गर्छ । तर, चुरोट वा सुर्ती खाँदा हामीलाई आनन्द महसुस हुने र यसलाई छोड्नै मन नलाग्ने गरी लत लाग्नुको कारण चाहिँ मस्तिष्कमा यसले छोड्ने गहिरो प्रभाव नै हो ।
सुर्ती वा चुरोट सेवन गरेको १० देखि १५ सेकेन्डमा नै यसको दुब्र्यसनीहरुलाई निकोटिनको प्रभाव भइहाल्छ । त्यसको त निकोटिनको प्रभाव हाम्रो शरीरमा लामो समयसम्म रहिरहँदैन । यसको असर करिब ६० मिनेटसम्म मात्र रहने गर्छ । चुरोट तानेको करिब ६ घन्टापछि शरीरमा घुसेको १ मिलिग्राममध्ये पनि ० दशमलव ०३१ मिलिग्राम निकोटिनमात्र हाम्रो शरीरमा रहिहन्छ ।
शरीरमा घुसेको निकोटिनको ८० प्रतिशत भागलाई हाम्रो कलेजोमा हुने इन्जाइमनहरुले कोटिनिन नामक रसायनमा परिणत गरिदिन्छ । त्यसैगरी, निकोटिनलाई हाम्रो फोक्सोले पनि कोटिनिन र निकोटिनअक्साइड चाहिँ मुत्रको माध्यमबाट शरीरबाट हाहिरिन्छ । कोटिनिनको जम्मा आयु ४८ घन्टामात्र हुन्छ । त्यसैले कसैले पछिल्लो एक वा दुई दिनमा चुरोट खाए/नखाएको कुरा उसको मुत्रमा कोटिनिनको मात्रा जाँचेर पनि पत्ता लगाउन सकिन्छ ।
फोक्सो वा कलेजोले छान्न नसकेको बाँकी निकोटिन चाहिँ रगत शुद्ध गर्ने क्रममा हाम्रो मिगौलाले छान्ने गर्छ । त्यसरी छानिएको निकोटिन पनि मुत्रकै माध्यमबाट शरीरबाट बाहिरिने गर्छ । सुर्ती खान थालेपछि मानिसलाई त्यसको तलतल फेरि लाग्ने गर्छ । कसैको उक्साहटमा वा रहरले यसको सेवन गरेपछि फेरि अर्कोपटक पनि यसलाई उपयोग गर्न मनलाग्ने हुन्छ । वास्तवमा सुर्तीको सेवन गरेपछि मानिसलाई एक किसिमको रमाइलो अनुभव हुन्छ । अझ कतिपयलाई त अत्यन्तै खुसी र रोमान्चक अनुभव हुन्छ ।
प्राकृतिक अवस्थामा नै सुर्तीमा धेरै रसायनहरु हुने गर्छन् र अझ त्यसलाई चुरोट बनाउँदा कतिपय थप रसायनहरु पनि मिसाइन्छन् । तर, मानिसलाई तलतल लगाउने रसायन चाहि सूर्तिमा हुने निकोटिनले नै मानिसलाई आनन्द र रोमान्चकको अनुभूति दिन्छ, जसले उसलाई एउटापछि अर्को चुरोट वा खैनी खानको लागि उत्पेरित गर्ने गर्छ । (एजेन्सी)
'मुकेश कायस्थलाई जिउँदो सहिद घोषणा गर्नुपर्छ'
Posted:
Name: 'मुकेश कायस्थलाई जिउँदो सहिद घोषणा गर्नुपर्छ'
Content:काभ्रे, भदौ ११ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले २०६२/०६३ सालको जनआन्दोलनमा घाइते भएपछि अर्धचेत अवस्थामा रहँदै आएका मुकेश कायस्थलाई जिउँदो सहिद घोषणा गर्नुपर्ने बताएका छन् ।
शुक्रबार बनेपामा मुकेश कायस्थको २५औं जन्मोत्सवको अवसरमा मुकेश कायस्थ प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा विष्टले जनआन्दोलनको मर्मलाई नभुली तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने बताए ।
कार्यक्रममा मुकेश कायस्थलाई उपचार गराउन अस्पताल पु¥याउने स्थानीय सन्चारकर्मी देवराज केसीलाई विशेष सम्मान गरिनुका साथै अन्य पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
इमेजकर्मीसहित ४ पत्रकार सम्मानित
Posted:
Name: इमेजकर्मीसहित ४ पत्रकार सम्मानित
Content:कन्चनपुर, भदौ ११ । इमेज टेलिभिजनका कन्चनपुर संवाददाता डिल्लीराज पन्तसहित ४ पत्रकार सम्मानित भएका छन् ।
एकीकृत नेकपा माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ११औँ जिल्ला सम्मेलनको अवसरमा शुक्रबार उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुने अन्य पत्रकारहरुमा पत्रकार मोहन विष्ट, गणेश दत्त भट्ट र रनी विवश रहेका छन् ।
Posted:
Name: दिक्तेलमा सद्भाव र्याली
Content:खोटाङ, भदौ ११ । खोटाङ सदरमुकाम दिक्तेलमा शुक्रबार सामाजिक सद्भावका लागि र्याली निकालिएको छ ।
विभिन्न जातजाति तथा समुदायकाबीचमा सदियौंदेखि कायम रहेको सद्भाव बचाऊ आह्वान गर्दै लाखेजात्राको पूर्वसन्ध्यमा र्याली निकालिएको हो ।
र्यालीमा उद्योगी, व्यवसायी, सामाजिक तथा जातीय संघ–संस्थाका प्रतिनिधि, सदरमुकाम आसपासका विद्यालयका शिक्षक तथा छात्रछात्रालगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
You are subscribed to email updates from Image Channel Feed @ ImageKhabar.com
To stop receiving these emails, you may unsubscribe now.Email delivery powered by Google Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States


