Friday, December 25, 2015

सुतीसुती मोटोपना घटाउने ५ उपाय


सुतीसुती मोटोपना घटाउने ५ उपाय

कोही मान्छै चाहेर पनि मोटाउन सक्दैनन् भने कोही चाहेर पनि दुब्लाउन सक्दैनन्! त्यसमाथि झन् मोटो मान्छेहरू दुब्लाउनको लागि त धौधौ नै पर्छ। सँधैको मर्निङ् वाक र कडा व्यायाम गर्दा गर्दै थाकिसकिन्छ, तैपनि मोटोपना घट्दैन, हैरान नै भइन्छ। अझै भएन भनेर कतिले त मोटोपना घटाउने औषधी पनि प्रयोग गरिराखेका हुन्छन्, तर के त्यसो गर्नु उचित हो त?

तर, अब चिन्ता नगर्नुहोस्! मोटोपन घटाउने सजिला तरिका पनि छन्।
fatperson

युनिभर्सिटी अफ आयोवा (University of Iowa) का अनुसन्धानकर्ताहरूले गरेको एक खोजबाट शरीरको आहारनलीमा भएका ब्याक्टेरियाहरू अस्वस्थ भएमा मोटोपना बढ्ने तथ्य पत्ता लागेको छ। यस्तै अर्को एक खोजबाट, सुत्ने तरिका र समयमा मूल्याङ्कन गर्दा पनि ५५ प्रतिशतले मोटोपना घट्ने तथ्य अनुसन्धानकर्ताहरूले पत्ता लगाएका थिए। “हाम्रो आहारनलीमा भएका केही ब्याक्टेरियाहरूले पाचनप्रक्रियालाई परिवर्तन गरेर, इन्सुलिन प्रतिरोधात्म बनाउँदछ अनि भोक लगाउने हरमोनहरूलाई निस्क्रिय बनाउँदछ र मोटोपना घटाउनमा मद्दत पुर्याउँदछ।”, चिकित्सक ‘नेहा चन्दना’ले भने- “हामी सुतेको बेला हाम्रो शरीरमा मर्मत सम्भार कार्य भइरहेको हुन्छ। हो त्यतिबेला नै यी ब्याक्टेरियाहरूले काम गर्ने उचित समय हुन आउँछ।”

उक्त खोजको अनुसार कसरत नगरी सुतीसुती मोटोपना घटाउने केही उपायहरू यस प्रकार रहेका छन्ः

१. रातिको खाना चाँडै खानुहोस्-

राति शरीरलाई जति चाँडै आराम दियो, त्यति नै बढी शरीरमा मर्मतसम्भार हुने गर्दछ। त्यसैले रातिको खाना पनि चाँडै खानुहोस् अनि कम्तीमा पनि १ घण्टापछि मात्र सुत्नुहोस्।

२. दैनिक खानामा मासु समावेश गर्नुहोस्-

धेरैजसो मासुहरूमा एमिनो एसिड पाइने गर्छ, जसले हाम्रो शरीरमा भएका निन्द्रा लगाउने हर्मोनलाई सक्रिय बनाउँदछ। थोरै मात्र खाएपनि केहि घण्टा बढी निन्द्रा लगाउने क्षमता हुन्छ यो एसिडमा! त्यसैले आफ्नो दैनिक आहारमा थोरै भएपनि मासु मिसाउने विज्ञहरूको सल्लाह रहेको छ।

३. मरिच चपाउने बानी बसाल्नुहोस्-

pepper

१\२ दाना मरिच चपाउँदा पनि शरीरमा भएका बोसोहरू पगाल्दछ। त्यसैले खानामा मरिच मिसाउँदा पनि राति सुतेको बेला शरीरका बोसोहरू पगाल्नमा टेवा पुग्दछ।

४. प्रशस्त प्रोटिनको आहार गर्नुहोस्-

सुत्नुभन्दा अगाडि प्रोटिनयुक्त खानेकुराहरू खाँदा पनि पाचनप्रक्रिया सहज र छिटो हुने गर्दछ। हामीले खाएको प्रोटिनलाई पचाउनको लागि क्यालोरीको जरुरत पर्दछ। त्यसैले प्रोटिनको मात्रा बढी भयो भने त्यसले त्यति नै क्यालोरीलाई घटाउँदछ, जसले मोटोपना घटाउन सहयोग गर्दछ।
Protein-Rich-Foods

५. सुत्ने कोठालाई चिसो बनाइराख्नुहोस्-

चिसो तापक्रमले हाम्रो शरीरमा भएका ‘ब्राउन फ्याट’ (brown fat) को कार्यमा सुधार आउँदछ। ब्राउन फ्याट यस्तो किसिमको बोसो हो जसले पेटमा लागेको सेतो बोसोलाई पगालेर शरीर न्यानो बनाउने काम गर्दछ। भनिन्छ पनि, “मोटो मान्छेलाई धेरै जाडो हुँदैन”।आफ्नो कोठालाई हलुका चिसो नै राख्नुहोस् ताकी तपाईँको शरीरमा भएका बोसोहरू चाँडै पग्लियोस्! शरिरको तापक्रम सन्तुलन गर्न बोसोबाट शक्ति मिल्छ, अनि दुब्लाउन सहयोग हुन्छ।

अन्तमा,

शारिरीक कसरत साथै योगा स्वास्थ्यको लागि सबैभन्दा उत्तम हुन्छ। यसले मोटोपन घटाउँछ। शरिर स्वस्थ राख्छ। दिमाग स्वस्थ राख्छ। रोगप्रतिरोध क्षमता बढाउँछ। दिनभर शरिर फुर्तिलो राख्दा दिनभरका क्रियाकलाप सहज बन्छ। फुर्तिलो बनौँ ।

शुक्रबार देखि लागु हुने नयाँ तालिका ।




यसरी गर्नुस ब्यालेन्स ट्रान्सफर

 प्राविधिक समस्याका कारण केही महिनायता स्थगित भएको नेपाल टेलिकमको ब्यालेन्स ट्रान्सफर सेवा पुन: सुचारु भएको छ । 
 
नेपाल टेलिकमले ब्यालेन्स ट्रान्सफरको नयाँ तरिकासहित यो सेवालाई पुन: सुचारु गरेको हो ।
 
टेलिकमले परिमार्जनसहित ब्यालेन्स ट्रान्सफर गर्ने नयाँ प्रणाली ल्याएको टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले बताए । 
 
नयाँ प्रणाली अनुसार अब ब्यालेन्स ट्रान्सफर गर्दा पठाइने रकमको मात्रा पैसामा बदल्नु पर्दैन । यसअघि १० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्दा १००० पैसा लख्नुपर्थ्यो । अबदेखि भने अब १० रुपैयाँका लागि १० मात्रै लेखे पुग्छ । 
 
नयाँ प्रणालीमा एक पटकमा १० रुपैयाँदेखि १०० रुपैयाँमात्र ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । कुनै एउटा नम्बरबाट एक दिनमा पाँच पटकमात्र ब्यालेन्स पठाउन सकिने टेलिकमले जनाएको छ । 
 
अत्यावश्कीय अवस्थामा व्यालेन्स ट्रान्सफर गर्न उपभोक्तालाई सहज बनाउनका लागि यो सेवा पुनः सञ्चालन गरिएको अधिकारीले बताए । 
 
हाल सुचारु यो सेवा जीएसएम प्रिपेड ग्राहकका लागि मात्रै उपलब्ध गराइएको छ । तर यो सेवाबाट सिडिएमए प्रीपेड र पोस्ट्पेड मोबाइलमा पनि ब्यालेन्स पठाउन सकिने नेपाल टेलिकमले जनाएको छ । 
 
यसरी गर्नुस ब्यालेन्स ट्रान्सफर
ब्यालेन्स ट्रान्सफरका लागि *422*security code no*phone no* Rs# (पठाउन चाहेको ब्यालेन्स रुपैयाँमै लेख्ने) गर्ने । तपार्इंको मोबाइल नम्बरको सेक्युरिटी कोड थाहा पाउन scode टाइप गरेर 1400 मा म्यासेज पठाउन सक्नुहुनेछ।

Monday, December 14, 2015

सफलता का रहस्य...

सफलता का रहस्य...

एक युवक ने सुकरात से सफलता का रहस्य पूछा? सुकरात ने उससे दूसरे दिन सुबह नदी के किनारे मिलने के लिए कहा। दूसरे दिन युवक सुकरात से मिलने नदी के किनारे पहुँचा, तो उन्होंने उसे नदी की ओर चलने के लिए कहा। जब पानी उनकी गर्दन तक पहुँच गया, तो सुकरात ने अचानक युवक का सिर पानी में डुबो दिया।

युवक पानी से बाहर निकलने के लिए छटपटाने लगा, पर सुकरात काफी मज़बूत थे। उन्होंने युवक को पानी मे डुबोए रखा। युवक का शरीर जब नीला पड़ने लगा, तब सुकरात ने उसका सिर पानी से बाहर निकाला। सिर पानी से बाहर निकलते ही युवक ने सबसे पहले हवा में एक गहरी सांस ली।

सुकरात ने युवक से पूछा, "जब तुम पानी के अंदर थे, तो तुम्हें किस चीज़ की ज़रूरत सबसे ज्य़ादा महसूस हो रही थी?" युवक ने जवाब दिया, "हवा की।" सुकरात ने कहा, "सफ़लता का यही रहस्य है। जब तुम्हें सफलता हासिल करने की वैसी ही तीव्र इच्छा होगी, जैसी कि पानी के अंदर हवा के लिए हो रही थी, तब तुम्हें सफ़लता मिल जाएगी।"

Sent from iPhone 6 Plus