Sent from my iPhone
Thursday, November 10, 2016
यी हुन् मारवाडी समुदाय सफल हुने कारण
Sent from my iPhone
Thursday, October 6, 2016
पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ?
जिवनकालागि चाहिने अाहारा तथा खानपिनमा अत्याधिक हालिने मसालाले कतिकाे असर गरिरहेकाे हुन्छ ? त्यसकाे बारेमा धेरै अनभिज्ञ रहेका छन । त्यस्ताे परिकारयुक्त खाना खादा एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि यस्ता घरेलु उपाय अपनाउनुस तुरून्त समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ । के हुन ति उपाय ? जानि राखाै
१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।
२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।
३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।
४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ
५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन ।

Sent from my iPhone
Thursday, September 8, 2016
Sunday, June 19, 2016
कुन पौष्टिक तत्वले के काम गर्छ ? । स्वास्थ्य खबरपत्रिका
१. कार्बोहाइड्रेट
– शक्ति प्रदान गर्छ । ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ ।
– यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ ।
– एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।
२. प्रोटिन
– कोष÷कोषिकाहरूको बृद्धि विकास गर्छ ।
– खिइएको कोष÷कोषिकाहरूको मर्मत–सम्भार गर्छ ।
– समष्टिगत रूपमा भन्नुपर्दा शारीरिक बृद्धि तथा विकास गर्छ ।
– एक ग्राम प्रोटिन बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।
३. चिल्लो
– शक्ति प्रदान गर्छ ।
– छालाको हेरचाह गर्छ ।
– थोरै मात्राले धेरै शक्ति दिन्छ ।
– भिटामिनहरू जस्तैः 'ए, डी, ई, के'लाई शरीरभित्र सञ्चालन गर्दछ ।
– एक ग्राम चिल्लो बराबर ९ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।
४. भिटामिन
– यसलाई सूक्ष्म पौष्टिक तत्व पनि भनिन्छ । यिनीहरू ज्यादै थोरै मात्रामा भए पनि पुग्ने तर नभई नहुने हुन्छन् ।
भिटामिन 'ए'
– स्वस्थ आँखाका लागि
– छालाको हेरचाहका लागि
– शारीरिक बृद्धि विकासका लागि
– अन्य रोगको आक्रमणबाट बचाउन ।
भिटामिन 'डी'
– शरीरको हड्डी बलियो पार्न
– रिकेट्स र ओस्टिओमालासिया जस्ता हड्डी सम्बन्धी रोगबाट बचाउन
– क्याल्सियम जस्ता खनिज तत्व सोस्न ।
भिटामिन 'ई'
– शरीरभित्रको अत्यावश्यक चिल्लोहरू बचाएर राख्न
– रातो रक्त कोष बनाउन
– भिटामिन 'ए', क्यारोटिनजस्ता तत्वहरू बचाइ राख्न
– कोष÷कोषिकाहरू नष्ट हुन नदिन ।
भिटामिन 'के'
– शरीरमा चोट लाग्दा अधिक रगत बग्नबाट रोकथामका लागि
– घाउ–चोट निको पार्न
– हड्डी बनाउन ।
भिटामिन 'बी'
– कमजोरी र थकान कम गर्न
– रुचि बढाउन
– बेरी–बेरी हुन नदिन
– झाडा–पखला र पेलाग्रा हुन नदिन
– स्मरण शक्ति कायम राख्न ।
भिटामिन 'सी'
– गिजा सम्बन्धी रोग हुन नदिन
– छालाभित्र रगतका कोषिका फुट्न नदिन
– रक्त अल्पताको कमी गर्न
– विभिन्न रोगको प्रतिरोध गर्न
– लामो समयसम्म निरोगी राख्न ।
५. खनिज तत्व
क्याल्सियम
– हड्डी बलियो पार्न
– दाँत बलियो पार्न
– मांशपेशी चलमलाउन ।
फलाम
– शरीरभित्र रगत बन्न
– रक्त अल्पत्ताको कमी गर्न
– शारीरिक बृद्धि विकास गर्न
– रुचि बढाउन
– विभिन्न रोगबाट बचाउन
– शरीर स्वस्थ राख्न ।
आयोडिन
– शरीर सुस्त हुन नदिन
– शरीर फुर्तिलो पारिरहन
– गलगाँडबाट बचाउन
– लाटो, लठेब्रो हुन नदिन ।
फ्लोरिन
– दाँतलाई स्वस्थ राख्न
६. पानी
– सबै पौष्टिक तत्वलाई शरीरको विभिन्न भागमा पु¥याउन
– शरीरको फोहोर–मैला बाहिर निकाल्न
– शरीरमा तातोपना कायम राख्न ।
Sent from my iPhone 6 Plus
Sunday, March 20, 2016
यस्तो अवस्था भएको व्यक्तिले लसुन पटक्कै खानुहुँदैन
यस्तो अवस्था भएको व्यक्तिले लसुन पटक्कै खानुहुँदैन
लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउन सक्दछ।
तर, यदि तपाईँ निम्न ५ किसिमका मानिसहरूमा पर्नुहुन्छ भने, लसुनजस्तो स्वस्थवर्दक कुरा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।
लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरूः
१. कलेजोको समस्या भएको व्यक्ति
ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्।
२. झाडापखाला लागेको व्यक्ति
झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई 'इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया' (Intestinal Mucosal Hyperemia) भनिन्छ। यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।
३. सर्जरी गर्न लागेको व्यक्ति
कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ। किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ।
४. कम रक्तचाप भएको व्यक्ति
लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ
५. आँखा रोग भएको व्यक्ति
आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।
त्यसैले, यदि तपाईँ पनि यी ५ किसिमका व्यक्तिहरूमा पर्नुहुन्छ भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस्। साधारण स्वास्थ्य स्थिती भएका व्यक्तिहरूको लागि लसुन फाइदाजनक भएपनि, माथिका ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ। तर यदि गल्तीले लसुनको सेवन गर्नुभयो र समस्या आउन थाल्यो भने तुरुन्तै स्वास्थ्य चौकी जानुहोस् र उपचार गराउनुहोस्।
Sent from my iPhone
Thursday, March 17, 2016
यस्ता छन् मेवाका १५ फाइदा ।
यस्ता छन् मेवाका १५ फाइदा
यसमा पोटासियम पनि पर्याप्त मात्रामा हुन्छ । साथै भोजन पचाउन चाहिने विभिन्न तत्व हुन्छन् । काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा दिलाउँछ । पाकेको मेवा कलेजोको विभिन्न समस्या समाधानका लागि लाभदायक हुन्छ । झाडापाखाला लागेमा बेलामा पाकेको मेवाको सेवनले पाखाला बिस्तारै कम हुन्छ । कब्जियतमा पाकेको मेवाको २० देखि २५ वटा बीउ १० देखि १५ दिनसम्म दिनको २ पटक खाँदा कब्जियत हट्छ । मेवाको पातलाई आगोमा तताएर दुखेको ठाँउमा राख्दा दुखाई कम हुन्छ ।
१. छालामा
मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ । फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ । छाला चोटमा पनि यो लाभकारी हुन्छ ।
२. कोलस्टेरोलमा
अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।
३. चाउरीमा
मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ ।
४. पेटको समस्यामा
मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।
५. कन्स्टिपेसनमा
मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।
६ मलद्वारसंबन्धी समस्यामा
मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।
७. तौल घटाउन
उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ ।
८. बिहानीको वाकवाकीमा
खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ । बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ ।
९. हाडजोर्नी
जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पु¥याउछ , खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ । यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ ।
१०. प्रतिरोधी क्षमतावृद्धिमा
यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।
११. स्याम्पुको रुपमा
मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ ।
१२. रजस्वला अनियमित भएकोमा
मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउछ ।
१३. कलेजोको क्यान्सरमा
यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ ।
१४. गर्भनिरोधक
भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ । त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ ।
१५. मिर्गौलाको समस्यामा
विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ ।
Wednesday, March 16, 2016
लामखुट्टेले हैरान बनायो ? यहाँ छन् लामखुट्टे भगाउने सरल उपाय
लामखुट्टेले हैरान बनायो ? यहाँ छन् लामखुट्टे भगाउने सरल उपाय
लौ पानी पर्यो ! गर्मी बढ्यो, अब लामखुट्टेले टोक्ने भए अनि डेंगु वा मलेरिया लाग्नेभयो भनेर डराउनु भएको छ । नआत्तिनुहोस् ! अब सजिलै लामखुट्टेबाट छुटकारा पाउन सक्नुहुन्छ । केही प्राकृतिक उपायहरु अपनाएर लामखुट्टेलाई भगाउन सक्नुहुन्छ ।
कागती र ल्वाङ
कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस् अनि एउटा प्लेटमा लगेर आफ्नो कोठामा राख्नुहोस् । बस यति गरे पछि लामखुट्टे कोठाबाट भाग्दछन् ।
लसुन
घरमा लसुन त हुने नै भो । बढी लसुन हालेको खाना प्रयोग गर्नुभयो भने लामखुट्टे लुसन खाएका मानिसबाट टाढा हुन्छ ।
यस्तै अन्य सामग्रीहरु आफ्नै फेसबुक वालमा प्राप्त गर्नका लागि हाम्रो आधिकारीक फेसबुक पेजमा लाईक गर्नुहोस् ।
सुगन्धित तेलहरु
तपाईंको घरमा सुगन्धित तेलहरु छन् ? कुनै सुगन्धित तेलको बासनाले लामखुट्टेलाई धपाउने क्षमता राख्दछ । कागती, पुदिना, मेहन्दी, लेभेन्डर, जेरानियम, सिट्रोनला जस्ता बिरुवाबाट बनेका तेलहरुले लामखुट्टे र अन्य किराहरु हटाउन उपयोगी हुन्छन् । उक्त तेललाई तेल घोल्ने रसायनमा खन्याउनुहोस्, त्यसपछि लामखुट्टेविरुद्ध यसले आफ्नो जादू देखाउन थाल्नेछ ।
लामखुट्टेलाई मन पर्दैन यी बिरुवाहरु
ब्रम्हबुटी (क्याटनिप)लाई घरमा ल्याउनुहोस्, किनकी यसले लामखुट्टे भगाउन मद्दत गर्दछ । त्यस्तै सयपत्री, लेमनग्रास, चुनित्रो घाँस (जिरानियमस्), तुलसी, मेहन्दी जस्ता सुगन्धित जडीबुटीहरुको गन्धले लामखुट्टेलाई भगाउँछ ।
यी बिरुवा जसले लामखुट्टेलाई नै खाइदिन्छन्
ताली पिटेर न मार्न सक्नुहुन्छ न भगाउन । कति गाह्रो लामखुट्टेलाई तह लगाउन । ठिकै छ हार नमान्नुहोस् तपाईंलाई सघाउन केही मांशाहारी विरुवाहरु तयार छन् । जसरी हामी लामखुट्टे मनपराउँदैनौं त्यसैगरी भेनस फ्लाइट्राप, पिचर प्लान्ट, बट्टरवर्ट, डचम्यानुस पाइपका लागि लामखुट्टे मिष्ठान्न भोजन नै हो ।
एउटा अप्राकृतिक उपाय पनि !
तर, हामीले घरमा प्रयोग गर्ने केही म्याट, स्प्रे, धुप लगायतका रसायनिक पदार्थ मिश्रित पदार्थहरुले लामखुट्टेलाई मात्र होइन, हामीलाई पनि असर गर्दछ । धुप, कपुर राखिएको भाँडो, लामखुट्टे एप्स जस्ता सामग्रीहरु तपाईंले प्रयोग गर्नसक्नुहुन्छ ।
यति नै । तर, लामखुट्टेले टोक्न छाडेनन् भने, यहाँ घरमै तत्काल प्रयोग गर्न सकिने घरेलु उपाय छन् । तातो पानीमा एक मिनेटसम्म धातुको चम्चा डुबाउनुहोस् । लामखुट्टेले टोकेको ठाउँमा राख्नुहोस् । यसले लामखुट्टेले टोक्दा निस्किएको एकप्रकारको प्रोटिनलाई नष्ट गर्दछ र चिलाउनबाट जोगाउँछ ।
Sent from my iPhone
Sent from my iPhone
Saturday, March 12, 2016
पानी पिउनुको फाईदा मात्रै होइन वेफाईदा पनि छन् थाहा छ तपाईलाई ?
पानी पिउनुको फाईदा मात्रै होइन वेफाईदा पनि छन् थाहा छ तपाईलाई ?
Sent from my iPhone
Had a wish to lose weight? Drink cow milk- know 5 different milk
Had a wish to lose weight? Drink cow milk- know 5 different milk
Reasons for weight gain- hereditary, stress, bad sleeping habit and negligence on food
If you want to lose your body weight then drink cow milk. And if you wants to gain weight then drink buffalo milk.
As per the long research, it has found that there are 5 different milk that helps victims to lose the weight. Today, we are giving information regarding what kind of people should drink what kind of milk.
Keep on reading to know all information;
1. Cow Milk
– Cow milk contains calcium, protein, iodine, potassium, vitamin D, vitamin B and other minerals.
– If you wants to lose your body weight then cow's milk is very useful for you. 100 ml milk contains only 61 calorie in it, which also will not let the high blood pressure.
– Also, cow milk is also useful to you, if you are having digestion issue. Cow milk is feed to newly born baby because it is easy for digestion.
Sent from my iPhone
Sent from my iPhone
Sent from my iPhone 6 plus
Sent from my iPhone 6 Plus
Thursday, March 10, 2016
भिजाएको काँचो चना खानुका अचुक फाइदा जानी राखौ
भिजाएको काँचो चना खानुका अचुक फाइदा जानी राखौ
– चना भिजाएको पानीले अनुहार धुने गरेमा अनुहार चम्किलो हुन्छ ।
– रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पत्थरीको समस्या देखापरिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।
–चनाको पिठोको रोटी खानाले पेट सफा रहन्छ ।
–रक्तअल्पता भएको छ भने हरेक दिन महसँग चना खाने गर्नुपर्छ । चनामा आइरन र फोस्फोरस प्रशस्त मात्रामा हुन्छ । यसले रक्तअल्पता कम गर्नुको साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
– बाडुली लागेर हैरान भएको बेला चनाको सुकेको पातको धुवाँ लिनाले बाडुली रोकिन्छ ।
– चनाको बेसनमा बेसार मिसाई अनुहारमा लगाउने गर्नाले अनुहार चम्किलो हुन्छ ।
– नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोरलगायत दाग, दाद आदि हराएर जान्छन् ।
– पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ । सक्खरसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ ।
Tuesday, March 8, 2016
तौल घटाउने २५ तरिका
तौल घटाउने २५ तरिका
१, धैर्य गर्नुहोस्–तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो । यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस् । बेन्जामिन फ्र्यांकलिनले भनेका छन्, 'जोसंग धैर्य हुन्छ, चाहेको कुरा पाउन सक्छ' । तौल घटाउन पनि समय लाग्छ । शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि सक्छ, तर, यसो भयो भन्दैमा धैर्य गुमाउनु हुँदैंन, केही समय पर्खनुहोस्, विस्तारै तौल घट्दै जानेछ ।
२, आफ्नो प्रयासमा विश्वास गर्नुहोस् – तौल घटाउन आफूले गरेको प्रयासप्रति विश्वास गर्नुहोस् । यदि तपार्इंं दैनिक जीम गैरहनुभएको छ, तर, तपाईं जीम गएपनि केही फाइदा छैन भन्नुहुन्छ भने तपाईंको अचेतन मनले पनि त्यही कुरा मान्छ र त्यसबाट तपाईंलाई केही फाइदा हुँदैंन । त्यसैले आपूmमा परिवर्तन ल्याउनुछ भने सकारात्मक सोच राख्नुहोस् र आफ्नो प्रयासमा विश्वास गर्नुहोस् ।
३, दृश्यांकन गर्नुहोस्– तपाईं कस्तो देखिन चाहनुहुन्छ, आफूलाई त्यस्तै गरी कल्पना गर्नुहोस् । सक्नुहुन्छ भने कोठाको भित्ता या कम्प्युटर स्क्रीनमा त्यस्तो फोटो राख्नुहोस्, जस्तोे तपाईं देखिन चाहनुहुन्छ । जसबाट तपाईंको लक्ष्य प्राप्ति सम्भव हुन सक्छ ।
४, नाश्तापछि पानीलाई मुख्य ड्रिंक बनाउनुहोस्– नास्ताको बेला सुन्तलाको रस, चिया, दूध लिन सकिन्छ, तर, त्यसपछि दिनभर पानीमात्र प्रयोग गर्नुहोस्, कोल्ड ड्रिंक छुँदा पनि नछुनुहोस् र चिया कफीमा पनि नियन्त्रण राख्नुहोस् । यसबाट तपाईंले दैनिक करिब २ सय ५० क्यालोरी कम गर्नु सक्नुहुनेछ ।
५, पेडोमिटरको प्रयोग गर्नुहोस्– पेडोमिटर एक यस्तो यन्त्र हो, जसले तपाईंको हरेक हिडाईंको गन्ति गर्छ । यसलाई आफ्नो बेल्टमा लगाउन सकिन्छ र हरेक बिहान १ हजार पाइला थप चाल्न प्रयास गर्नुहोस् । अधिक तौल भएको मानिसले दिनभरमा दुई देखि तीन हजार पाइलामात्र चाल्न सक्छ । यदि यसमा २ हजार पाइला बढी चाल्यो भने तौललाई स्थिर राख्न सकिन्छ ।
६, डायरी बनाउनुहोस्–जे खाइन्छ, त्यसलाई डायरीमा उतार्ने बानी गर्नुहोस् । अध्ययनका अनुसार डायरी बनाउनेले अन्य मानिसभन्दा १५ प्रतिशत कम खान्छन् ।
७, कति क्यालोरी खानुहुन्छ त्यसमा १० प्रतिशत थप्नुहोस् – यदि तपाईं दैनिक १८०० क्यालोरी भएको खाना लिनुहुन्छ, तर, तौल नियन्त्रण भएको छैन भने तपाईं आफ्नो क्यालोरीको गलत अनुमान लगाईरहनुभएको छ । तपाईंले आफ्नो अनुमानित क्यालोरीमा १० प्रतिशत थप्नुहुन्छ भने अनुमान बढी मिल्न सक्छ । जस्तै १८०० क्यालोरीमा १० प्रतिशत अर्थात् १ सय ८० थपेर १९८० क्यालोरी लिन सक्नुहुन्छ ।
८, तीत पटक हैन, ४–५ पटक थोरै थोरै खानुहोस– दक्षिण अफ्रिकामा भएको एक अध्ययनले के देखाएको छ भने बिहान, दिउँसो, बेलुकी खानुको सट्टा ५–६ पटक थोरै थोरै खाने मानिसले ३० प्रतिशत कम क्यालोरी उपभोग गर्छ । दिनको धेरैपटक खाँदा शरीरले कम इन्सुलिन निकाल्छ जसले ब्लड सुगरलाई सही राख्छ र भोक पनि कम लाग्छ ।
९, दैनिक ४५ मिनेट हिड्नुहोस्– दैनिक ३० मिनेट टहलिनाले तपाईंको शरीरमा तौल बढ्न पाउँदैंन, यदि तौल घटाउन चाहनुहुन्छ भने कम्तीमा पनि ४५ मिनेट टहलिनुस् । यसो गर्ने भने खानपानमा परिवर्तन नल्याइकन पनि तपार्ई एक वर्षमा कम्तीमा पनि १५ किलो तौल घटाउन सक्नुहुनेछ । तर, टहलिने काम भने बिहानको स्वच्छ हावामा गर्नुपर्छ । यसका लागि बिहान सबेरै उठ्ने बानी बसाल्नुस् ।
१०, निलो रंगको बढी प्रयोग गर्नुहोस्– निलो रंगले भोक कम गर्छ, यहीकारण रेष्टरेन्टहरुमा यसको प्रयोग कम हुन्छ । यस्तै, खाना खाँदा निलो प्लेट प्रयोग गर्नुहोस्, टेबलमा निलो कपडा प्रयोग गर्नुहोस् ।
१३, खाना खाने ठाँउमा ऐना लगाउनुहोस्– के पनि भनिन्छ भने यदि खाना खाने ठाउँमा ऐना लगाउने भने मानिस आफ्नो शरीर देखेरै तौल कम गर्नतिर लाग्छ ।
१४, पानी बढी भएको खाना खाने– पेल्सिभेनिया स्टेट युनिभर्सिटीमा भएको एक अध्ययनले के पाइएको छ भने गोलभेंडा, लौकाजस्ता कुरा खानाले क्यालोरी कम हुन्छ ।
१५, कम चिल्लो भएको दुध प्रयोग गर्ने– चिया, कफी बनाउँदा या दूध पिउँदा कम चिल्लो भएको दुध मात्र प्रयोग गरौं, यस्तो दुधमा क्याल्सियम बढी र क्यालोरी कम हुन्छ ।
१६, ९० प्रतिशत खाना घरमै खाऔं– सकेसम्म घरमै खाने बानी बसालौं । बाहिरको खानामा बढी चिल्लोपदार्थ र बढी क्यालोरी हुन्छ, यसबाट बच्नुपर्छ ।
१७, बिस्तारै खानुहोस्– बिस्तारै खाँदा तपाईंको दिमागले पेट भरिएको संकेत पहिल्यै गर्नेछ र तपाईंले कम खानुहुनेछ ।
१८, भोक लागेपछि मात्र खानुहोस्– हामी भोकै नलागी त्यत्तिकै पनि खान्छौं, कतिपय मानिसहरु बोर लाग्दा, नर्भस हुँदा या बानी लागेका कारण पनि त्यत्तिकै खान्छन् । तर यसो गर्नु ठीक होइन, वास्तवमै भोक लागेपछि मात्र खानुहोस् ।
१९, जूसको सट्टा फल खानुहोस्– जूसको सट्टा फल खानुहोस्, फलले जुसको तुलनामा भोक पनि कम गर्नेछ र अन्य खाना कम खानुहुनेछ ।
२०, बढी हिड्नुहोस्– जति बढी हिड्नुहुन्छ, उति बढी तपाईंको क्यालोरी खर्च हुन्छ । लिफ्टको ठाँउमा सिढीको प्रयोग गर्नुहोस्, वरिपरीका ठाउँमा पैदलै हिड्नुहोस्, अन्यत्र सम्भव नभएपनि कमसेकम दिनको एकदुईपटक छतको चक्कर मार्नुहोस् ।
२१, हप्तामा एकपटक कुनै ग¥हौं काम गर्नुहोस्– हप्तामा कम्तीमा पनि एकपटक ग¥हौं काम गर्नुहोस्, जस्तो कि आफ्नो बाइक वा कार आफैं धुन सक्नुहुन्छ, बच्चाको साथमा घुम्न जान सक्नुहुन्छ, आफ्नो जीवनसाथीलाई घरको काममा सहयोग गर्न सक्नुहुन्छ ।
२२, साँझ कम खानुहोस्– अध्ययनका अनुार तपाईं जति बढी दिनको समयमा खानुहुन्छ, रातको समयमा उतिनै कम खानुहोस् । तपाईंले दिउँसो खाएको खानाको क्यालोरी रातको समयमा खर्च हुने सम्भावना बढी हुन्छ ।
२३, नाच्नुहोस्– समय पाउनेबित्तिकै र अवस्थाले साथ दिएसम्म गीत बजाएर नाच्नुहोस्, यसो गर्दा तपाईंलाई मनोरन्जनका साथै क्यालोरीपनि खर्च हुन्छ । यदि नृत्यलाई रुटिन बनायो भने झन् बढी राम्रो हुन्छ ।
२४, कागती र मह प्रयोग गर्ने– हरेक बिहान हल्का मनतातो पानीमा कागती र मह मिसाएर सेवन गर्नाले तौल कम हुन्छ ।
२५, दिउँसो खाना खानुअघि ३ गिलास पानी पिउने– यस्तो गर्नाले भोक कम लाग्छ । यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने भोक लागेको बेलामा केही थोरै खानाले लाभ मिल्छ ।
Sent from my iPhone
Sunday, March 6, 2016
od that fill stomach for longer time
यसकारण अर्बपति बनें : बिनोद चौधरी
यसकारण अर्बपति बनें : बिनोद चौधरी
फोब्र्सले विश्वका अर्बपतिको सूची सार्वजनिक गर्दा मेरोबारेमा एउटा टिप्पणी लेखेको छ-विनोद हु नेभर वेन्ट युनिभर्सिटी, रिमेन्स नेपाल वन्ली बिलिनियर (विनोद जो कहिल्यै विश्वविद्यालय गएनन्, जो नेपालका खर्बपती हुन्)। तपाईंहरूले जस्तै गाउनमा सजिएर मैले उच्च शिक्षा पूरा गरेको प्रमाण-पत्र लिन पाइनँ। सायद, फोब्र्सले यही कुरा दोहोर्याएर मलाई दीक्षान्त समारोहको महत्त्व सम्झाइरहेको होला।
तपाईंहरूका अगाडि उभिइरहँदा मलाई महसुस भएको छ- मेरो जीवनमा बाँकी रहेको यो अभाव पनि आज पूरा भयो। कलेजको शिक्षा त मैले उहिल्यै सकेको थिएँ। आज तपाईंहरूसँगै दीक्षित हुँदैछु। तपाईंहरूलाई धेरै-धेरै बधाई छ- नेपालको भोलिका बिलिनियरहरूको परिचय दिइरहँदा फोब्र्सले उनीहरू दीक्षित थिएनन् भनेर अब लेख्न पाउने छैन।
आजको विश्वमा को व्यक्ति कुन देशमा जन्मिएको हो? कुन परिवारमा जन्मिएको हो? वा कुन विश्वविद्यालयमा अध्ययन गरेको हो भन्ने कुराले गौण अर्थ राख्छ। सफलताको एकाधिकार कुन विश्वविद्यालयमा पढेको हो वा कुन डिग्री हासिल गरेको हो भन्नेसँग गाँसिएको हुँदैन। तपाईं के सपना देख्दै हुनुहुन्छ र त्यो सपनालाई विपनामा बदल्न कस्तो संकल्प लिनुहुन्छ भन्ने कुराको अहं महत्त्व छ। तपाईंहरूले विल गेट्स र स्टिभ जब्सको जीवनी पढ्नुभएकै छ, जसले विश्वविद्यालयको औपचारिक शिक्षा पूरा गरेनन् र पनि विश्वका सर्वाधिक सिर्जनशील सोचका उद्यमीका रूपमा पहिलो पंक्तिमा नाम लेखाए। उनीहरूको सपना र त्यसलाई कार्यान्वयन गर्ने दृढताका अगाडि दुनियाँ नतमस्तक साबित भयो। म यहाँ एकजना यस्तो व्यक्तिको नाम लिन चाहन्छु, जसको सपनाले विश्वलाई उनको पछाडि हिँडाउन सम्भव बनाएको छ। उनी हुन्- चिनियाँ नागरिक ज्याक मा. चीनको झेइज्याङ प्रान्तको हाङजोउमा उनी सामान्य परिवारमा जन्मिएका थिए। उनका बाबु-आमा परम्परागत कथा सुनाउने र बाजा बजाउने पेसामा थिए।
३३ वर्षको उमेरसम्म ज्याक माले कम्प्युटर देखेका थिएनन्। तर आज तिनै ज्याक मा इन्टरनेट बिजनेसका वादशाह अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष छन् र चीनको दोस्रो धनाढ्य। केही समयअघिको व्यक्तिगत भेटमा ज्याक माले आफ्नो इतिहास बताए- सन् १९९९ मा साथीहरूसँग ६० हजार डलर जम्मा गरेर अलिबाबा स्थापना गरिएको हो। ३३ वर्षमा कम्प्युटर देख्ने व्यक्ति इन्टरनेट बिजनेसको वादशाह बन्न त्यत्तिकै सम्भव भए होला? उनको सपना चानचुने थिएन। त्यो सपना पूरा गर्ने संकल्प पनि त्यत्तिकै दृढ। त्यसैले आज उनी विश्वका सर्वाधिक चर्चितमध्येका एक सफल उद्यमी बनेका छन्। आज तपाईंसँग सम्भावना नै सम्भावनाले भरिएको भविष्य छ। तपाईं सपना देख्नुस् र संकल्प लिनुस्। सफलता तपाईंको दास नबनी सुखै छैन। मलाई लाग्दैन, तपाईंहरूमध्ये कोही ज्याक माको भन्दा खराब पृष्ठभूमिबाट गुज्रिनु भएको होला।
म फेरि दोहोर्याऊँ ? तपाईं कति धनी परिवारमा जन्मिनुभयो, गरिब परिवारमा या कति कुलिन परिवारमा जन्मिनुभयो भन्ने कुराको आडम्बरले भविष्य निर्धारण गर्न सम्भव छैन। तपाईंसँग कति सिर्जनशील सोच छ र त्यसलाई कार्यान्वयन गरेरै छोड्ने धैर्य भन्ने कुराले नै तपाईंको भविष्य निर्धारण गर्छ। १५ वर्षअगाडि सन् २००० को फोब्र्स अर्बपतिको पहिलो १० जनाको सूचीमा कार्लोस स्लिम, अमानसियो ओर्टेगा, चाल्र्स कोच, डेभिड कोचहरूको नाम भेटिँदैन। तर सन् २०१५ मा आइपुग्दा उनीहरूले आफूलाई यो सूचीमा उभ्याएका छन्। त्यतिबेला यो सूची ओगट्नेहरू अहिले पछाडि पर्दै गएका छन्। नेपालमै हेरौं न, १५ वर्षअगाडि नेपालका प्रमुख औद्योगिक घराना भनेर चिनिनेहरू अहिले परिदृश्यमा पुगेका छन् भने नयाँ सोचका साथ व्यवसाय गर्नेहरू 'फ्रन्टलाइन मा। त्यसैले तपाईंको हजुरबुबा के हुनुहुन्थ्यो वा बुबा के गर्नुहुन्थ्यो भन्ने कुराले तपाईंको भविष्य निर्धारण गर्दैन। तपाईं आफ्नो सिर्जनाले मात्रै जीवनमा नयाँ रङ भर्न सक्नुहुन्छ।
तपाईंहरूले थाहा पाइसक्नुभयो- त्यो केटा मै हुँ, विनोद चौधरी। चौधरी ग्रुपको अध्यक्ष। मसँग मनग्गे पैसा भएर यो सबै सम्भव भएको होइन। सपना देखेर मात्रै सम्भव भएको हो। जतिबेला मैले सपना देख्न सुरु गरें, त्यतिबेलाको मेरो वित्तीय हैसियत अहिले तपाईंहरूको जस्तो छ सायद्, त्योभन्दा खासै फरक थिएन। त्यसैले म फेरि भन्छु- सपना देख्नुस्। र, सपना पछ्याउनुस्। पैसाको अभावमा तपाईंको सपना मर्नै सक्दैन।
आजको विश्व तपाईंहरूकै हो। तपाईंकै पुस्ताको हो। अझ प्रस्ट रूपमा भनूँ, तपाईंहरूको सिर्जनशीलता (इनोभेसन) को हो। तपाईंहरूका समकक्षी ३० वर्षभन्दा कम उमेरका युवाको सिर्जनशीलताले संसार हल्लाइरहेको छ। मैले देखिरहेको छु, अहिले मलाई सुनिरहँदा पनि तपाईंहरू यस कार्यक्रमका गतिविधि फेसबुक र ट्विटरमा अपडेट गरिरहनुभएको छ। तपाईंका औंला मोबाइलको कि-प्याडमा दौडिरहेका छन्, गुगलमा कुनै सामग्री खोज्न। तपाईंहरू जस्तै विश्वविद्यालयको कलिलो विद्यार्थी मार्क जुकरवर्गले फेसबुकको सिर्जना गरी अर्बपतिको पहिलो लहरमा नाम लेखाउँदा उनी जम्मा २३ वर्षका थिए।
आज विश्वका एक अर्बभन्दा धेरै मानिस बरु एक छाक छोड्न तयार होलान् तर फेसबुक छोड्न तयार छैनन्। इन्टरनेट सर्च इन्जिनको वादशाह गुगलको स्थापना गर्दा यसका संस्थापक लारी पेज २५ वर्ष र सरगेई ब्रेन २४ वर्षका मात्रै थिए। इन्टरनेट दुनियाँमा उनीहरूले जबर्जस्त शासन गरिरहेका छन्। आज पनि उनीहरू भ्लादिमिर पुटिन, बाराक ओबामा, सी जिनपिङसँगै विश्वका सर्वाधिक शक्तिशाली १० व्यक्तिको हैसियत राख्छन्। यसको अर्थ हो, आजको दुनियाँलाई काबुमा राख्न रसिया, अमेरिका वा चिनियाँ राष्ट्रपति नै हुनुपर्छ भन्ने होइन रहेछ। नयाँ सिर्जनाले पनि उनीहरू बराबरकै हैसियत राख्न सकिन्छ।
कुरा अमेरिका, युरोपको मात्रै होइन, हाम्रा छिमेकी मुलुक चीन र भारतमा ३० वर्षभन्दा कम उमेरमा कर्पोरेट दुनियाँमा आफूलाई स्थापित गर्नेहरूको सूची निकै लामो छ। विवेक नायर र कुनाल शाह यस्तै दुई भारतीय युवा हुन्, जसले ३० वर्षभन्दा कम उमेरमा दमास्कस फोर्चुनको कार्यकारी र गोल्डम्यान स्याक्सको प्रबन्ध निर्देशकका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। चाई की, चेन फाङवी, गावो पेङछेङ जस्ता ३० वर्षभन्दा कम उमेरका युवाले चीनका चर्चित इन्टरनेट टेक्नोलोजी कम्पनीका कार्यकारी प्रमुखको हैसियत राख्छन्। ख्याल राख्नुस्, अधिकांश युवाको सफलता सूचना प्रविधिका क्षेत्रमा निकै लोभलाग्दो छ। फोब्र्सको एक वाक्य म यहाँ उल्लेख गर्न चाहन्छु- तपाई संसार परिवर्तन गर्न चाहानुहुन्छ भने तपाई तीस वर्षको कम उमेरको हुनु सकारात्मक हो। यो मौका नेपाली युवाले गुमाउनुपर्छ भन्ने केही छ र? 'तपाईंले यो मौका गुमाउनु भएन?', मलाई यो प्रश्न सोध्न चाहिरहनु भएको छ भने मेरो उत्तर हुनेछ- अहँ गुमाइनँ।
म तपाईंहरूसँग मेरो जिन्दगीको बारेमा बताउनुअघि एउटा कथा सुनाउन चाहन्छु, 'सपना' शीर्षकमा। काठमाडौंको रैथाने टोलमा एउटा चकचके, निडर र आत्मविश्वासी केटा थियो। ऊ आफूलाई काठमाडौंको रैथाने मान्थ्यो, नेवारी भाषा पनि फररर बोल्ने। तर केही मानिसहरू उसलाई रैथानेको दर्जा दिन हिच्किचाउँथे, कतै आफ्नै भाग खोस्ने हो कि जस्तैगरी। उसका हजुरबुबाले न्युरोडमा एउटा कबल भाडा लिएर कपडा पसल चलाउँथे। बाबुले त्यसलाई डिपार्टमेन्टल स्टोरमा रूपान्तरण गरे, अरुण इम्पोरियम नाममा। बाबु चाहन्थे, छोरो त्यही स्टोरभित्र बसेर हिसाबकिताब दुरुस्त राखोस्। तर छोरो भने डिपार्टमेन्टल स्टोरलाई कसरी देशकै सबैभन्दा प्रख्यात स्टोर बनाउने भन्ने सपना देख्थ्यो। उसले अरुण इम्पोरियमलाई त्यो तहमा पु:याएरै छोड्यो। बाबु चाहन्थे, छोरोले डिपार्टमेन्टल स्टोर धानेर बसोस्, तर छोरो भने डिपार्टमेन्टल स्टोर त छँदैछ नि अब डिस्को खोल्नुपर्छ भन्ने सपना देख्थ्यो र दरबारमार्गतिर दौडिन्थ्यो।
आखिर उसले कपर ल्फोर नामको डिस्को खोलेरै छोड्यो। केटोले भर्खर १८ वर्षमा टेकेको थियो, बाबुलाई 'हर्ट अट्याक' ले कमजोर बनायो। उसले पारिवारिक बिजनेसको जिम्मेवारी बोक्नुप:यो। त्यसपछि उसले एकपछि अर्को सपना देख्न थाल्यो। यही विराटनगरमा पशुपति बिस्कुट र महालक्ष्मी मैदा मिललाई उसले व्यावसायिक ढंगले अगाडि बढायो। एक दिन उसले अलि फरक सपना देख्यो, नेपालमा नुडल्स फ्याक्ट्री स्थापना गर्ने। जबकि त्यतिबेला नेपालमा नुडल्सका उपभोक्ता एकदमै कम थिए। उसले वाईवाई नामको नुडल्स फ्याक्ट्री खोलेरै छोड्यो। वाईवाई कति लोकप्रिय बन्दै गयो भने विश्व नुडल्स बजारमा अहिले दुई प्रतिशतको हिस्सा ओगटेको छ। विश्वका ३२ देशमा यसका उपभोक्ता छन्।
२०५० सालको दशकमा माओवादी द्वन्द्व उत्कर्षतर्फ लम्किँदै थियो। लगानीकर्ता नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै यहाँबाट कुलेलम ठोक्दै थिए। त्यहीबेला केटाले अर्को सपना देख्यो-नेपालमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको औद्योगिक ग्राम बनाउन सम्भव छ भन्ने। उद्यमी व्यवसायीका नेताहरू सुरक्षा घेरामा रहेर काठमाडौंका पाँचतारे होटेलमा नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै भाषण गरिरहेका हुन्थे, त्यो केटो भने नवलपरासीमा ८० बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बसाल्न दिनरात खटिइरहेको थियो। माओवादी द्वन्द्व जति चर्किंदै थियो, औद्योगिक ग्राममा पनि एकपछि अर्को उद्योग थपिँदै थिए। आखिरमा त्यो केटोले दक्षिण एसियाको एउटा नमुना औद्योगिक ग्राम निर्माण गर्ने सपना पूरा गरेरै छोड्यो। त्यहाँ अहिले एउटै कम्पाउन्डभित्र व्यवस्थित रूपमा दर्जनभन्दा धेरै उद्योग दिनरात चलिरहेका छन्। अहिले उक्त औद्योगिक ग्रामको स्याटेलाइटहरू पूर्वमा इनरुवा र पश्चिममा बर्दियामा बनाउने सपना कार्यान्वयन भइरहेको छ।
एक रात केटाले झनै फरक सपना देख्यो- नेपालमा विदेशी लगानीकर्ता आएर लगानी गर्न हुन्छ भने नेपालीले विदेशमा गएर लगानी गर्न किन हुँदैन? यो सपनाले केटालाई दिनरात पिछा छोडेन। आखिर उसले निर्णय लिएरै छोड्यो- विदेशी लगानीकर्ता नेपालमा आउन हुन्छ भने नेपाली पनि विदेशमा जान हुन्छ। उसले त्यो दिन बुझ्यो- सपनाको कुनै सीमा हुँदैन। त्यसपछि उसले नेपालमा लगानी विस्तार गरी नै रह्यो र विदेशका सम्भावना पछ्याउन थाल्यो। आज उसले अमेरिकाको जोन अफ केनेडी इन्टरनेसनल एअरपोर्टको अगाडि सानदार :याडिसन होटेल चलाइरहेको छ। ताज ग्रुपसँगको सहकार्यमा भारत, माल्दिभ्स, श्रीलंकालगायतका मुलुकमा विश्वविख्यात होटेलमा साझेदारी गरिरहेको छ। होटेल रिसोर्टमा उसले अहिले 'सीजी होटेल्स एन्ड रिसोर्ट' नामक आफ्नै अन्तर्राष्ट्रिय ब्रान्ड स्थापित गरिसकेको छ, जसको एसियादेखि अफ्रिकासम्म विस्तार भइरहेको छ। होटेल एन्ड रिसोर्ट विस्तारका लागि ऊसँग मिसन- २०२० तयार छ, सन् २०२० सम्ममा विश्वमा दुई होटेल स्थापना गर्ने। त्यो मिसन रफ्तारमा कार्यान्वयनमा छ।
आज ऊसँग पाँचै महाद्वीपमा फैलिएका एक सय ५६ कम्पनी र विश्वविख्यात ८६ ब्रान्ड छन्। सन् २०१३ को मार्चमा फोब्र्सले घोषणा ग:यो- ऊ अब एक मात्र नेपाली डलर अर्बपति बन्यो। तपाईंहरूले थाहा पाइसक्नुभयो- त्यो केटा मै हुँ, विनोद चौधरी। चौधरी ग्रुपको अध्यक्ष।
मसँग मनग्गे पैसा भएर यो सबै सम्भव भएको होइन। सपना देखेर मात्रै सम्भव भएको हो। जतिबेला मैले सपना देख्न सुरु गरें, त्यतिबेलाको मेरो वित्तीय हैसियत अहिले तपाईंहरूको जस्तो छ सायद्, त्योभन्दा खासै फरक थिएन। त्यसैले म फेरि भन्छु- सपना देख्नुस्। र, सपना पछ्याउनुस्। पैसाको अभावमा तपाईंको सपना मर्नै सक्दैन।
व्यवसायका क्रममा म विश्वका विभिन्न देशका सहरहरूमा पुगिरहन्छु। प्राय: सबै सहरमा नेपालीसँग भेट हुन्छ। जब ती नेपाली मलाई भेट्छन्, उनीहरूका अनुहारमा भिन्न प्रकारको उत्साह, जाँगर र आत्मविश्वास भरिएको देख्छु। म उनीहरूको मनोभावना पढ्ने कोसिस गर्छु। सायद, उनीहरूको मनले भनिरहेको हुँदो हो- हामी नेपाली पनि कहाँ कम छौं र? नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका कर्पोरेटहरूसँग दाँज्न मिल्ने कर्पोरेट हाउस जन्मिसकेको छ। जब मैले विश्वभर छरिएका नेपालीको अनुहारमा यो भावना पढ्न पाउँछु, विश्वको सबैभन्दा उच्च महत्त्वको पुरस्कार पाएसरह खुसी हुन्छु।
आज मलाई तपाईंहरूसँग एउटा कुरा माग्न मन छ, के तपाईंहरू दिन तयार हुनुहोला? मिल्छ भने मलाई तपाईंहरू उमेर सापटी दिनुस्न, साँच्चै भनूँ, मलाई अर्को ४० वर्ष यसैगरी द्रूतगतिमा कुद्ने मन छ ताकि नेपालको आर्थिक विकासमा कायापलट गर्न सकियोस्। तर तपाईंहरू चाहेर पनि उमेर सापटी दिन सक्नुहुन्न होला? मलाई दिन नमिल्ने यस समयलाई तपाईंहरू आफैंले उपयोग गर्न त सक्नुहुन्छ नि। वास्तवमा मलाई तपाईंको उमेर सापटी चाहिएको होइन, तर तपाईंबाट आफ्नो यस स्वर्णिम समय खेर फाल्ने छैन भन्ने प्रतिबद्धता भने पक्कै चाहिएको हो। तपाईंहरू आज मसँग यो प्रतिबद्धता व्यक्त गर्न सक्नुहुन्छ, हैन?
Sent from my iPhone








