Sunday, February 28, 2016

बाबुआमाको अंश छोराछोरीले हक दाबी गर्न नपाउने र बाबुआमाले पनि अंश दिन कर नलाग्ने कानुन बन्दै

बाबुआमाको अंश छोराछोरीले हक दाबी गर्न नपाउने र बाबुआमाले पनि अंश दिन कर नलाग्ने कानुन बन्दै

व्यवस्थापिका–संसद्मा विचाराधीन मुलुकी ऐन, २०२० लाई प्रतिस्थापन गर्न बनेको देवानी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयकले बाबुआमाबाट अंश पाउने हकलाई प्रतिस्थापन गरी इच्छापत्रमा परिणत गर्न लागेकाले छोरा वा छोरीले अंशमा हक दाबी गर्न नपाउने र बाबुआमाले पनि अंश दिन कर नलाग्ने गरी नयाँ कानुनी व्यवस्थाको सुरुवात हुन लागेको हो । तर २१ वर्ष पूरा भएका छोराछोरी अपाङ्ग भए वा कुनै पनि रोजगारी नपाएमा भने कुल सम्पत्तिको एक चौथाइ भाग त्यस्ता छोराछोरीलाई दिनुपर्ने प्रावधान भने विधेयकमा सुरक्षित गरिएको छ ।

अंशबन्डाले पारिवारिक जीवनलाई धेरै जटिल बनाएकाले अब पैतृक सम्पत्तिमा आश्रित हुनुभन्दा आत्मनिर्भर बनी आफ्नै पौरखमा बाँच्नका लागि सङ्घर्ष गर्नुपर्ने विधेयकको मनसाय हो । मस्यौदा कार्यदलका संयोजक रहका पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष भन्छन् – 'अंशबन्डाले बाबु–छोरा तथा दाजु–भाइबीच रिसराग बढ्नुका साथै मुद्दा मामिला हुने र मुद्दामा दुवै पक्षको सम्पत्तिसमेत खर्च हुने भएकाले इच्छापत्रको व्यवस्था गरिएको हो ।'

युरोप, अमेरिका, जापान, फिलिपिन्स, भारतलगायत अन्य मुलुकमा रहेको सम्पत्तिसम्बन्धी कानुनी व्यवस्थाको अध्ययन गरी तयार पारिएको यो मस्यौदामा जीवनको उत्तराद्र्धमा बाबुआमा परनिर्भर हुन नपर्ने, परिवारभित्र सम्पत्ति कुम्ल्याउने प्रतिस्पर्धाभन्दा स्वच्छ प्रतिस्पर्धाको विकास हुने, कृषियोग्य जग्गाजमिनको खण्डीकरण रोकी चक्लाबन्दी हुने र कृषि प्रणालीमा पनि टेवा पुग्ने अवधारणाको विकास गरिएको उनको भनाइ छ ।

बाबुआमाले छोराछोरीका लागि सम्पत्ति थुपार्ने चाहनाले अनियमितता पनि गर्ने हिजोआजको प्रवृत्तिमा पनि सुधार आउने देख्छन्, तत्कालीन कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुभएका नेपाल कानुन आयोगका उपाध्यक्ष भेषराज शर्मा ।

सो विधेयकको परिच्छेद ११ को दफा २४२ मा १८ वर्ष उमेर पूरा भई होश ठेगाना रहेको कुनै पनि व्यक्तिले आफ्नो हकभोगको सम्पत्ति आफ्नो मृत्युपछि अर्को व्यक्तिको हकभोग र स्वामित्वमा हस्तान्तरण हुने गरी एकतर्फीरुपमा इच्छापत्रको लिखत गरिदिन सक्ने व्यवस्था छ । तर अहिले प्रचलनमा रहेको मुलुकी ऐन अंशबन्डाको महलको दफा १ मा भने अंशबन्डा गर्दा बाबु, आमा, श्रीमती र छोराछोरीको जियजियैको अंश गर्नुपर्छ । सोही महलको दफा २ मा दफा १ बमोजिम अंशबन्डा गर्दा सबैको बराबर अंश गर्नुपर्ने व्यवस्था छ ।

इच्छापत्र कहिले लागू हुने– मुलुकी ऐनलाई प्रतिस्थापन गर्न पेस भएका पाँचवटा विधेयक प्रमाणीकरण भएको एक वर्षपछि मात्र लागू हुने प्रस्ताव गरिएकामा सम्पत्तिमा इच्छापत्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले १० वर्ष पछि मात्र लागू गर्ने प्रस्ताव गरेको छ तर विधेयकका मस्यौदाकारले भने १६ वर्षपछि मात्र लागू गर्ने प्रस्ताव गरेका थिए ।

यो नितान्त नौलो व्यवस्था भएको र हामो सामाजिक संरचनाले यस्तो प्रकारको कानुनी व्यवस्थालाई तत्काल स्वीकार गर्न नसक्ने भएकाले परिवर्तित कानुनप्रति समाजलाई अभ्यस्त तुल्याउनका लागि लामो समय राखिएको हो', उपाध्यक्ष शर्मा भन्छन् ।

संसद्को विधायन समितिले छलफलका क्रममा यो व्यवस्थालाई १८ वर्ष पु¥याउनुपर्ने प्रस्ताव गरेको छ । एउटा व्यक्ति जन्मेदेखि नै आफू परनिर्भर होइन आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यताको विकास गराउन र १८ वर्षपछि मात्र आफ्नो सम्पत्तिमा हक दाबी गर्नसक्ने भएकाले आफूले आफ्नो पौरखमा बाँच्नुपर्छ भन्ने मनस्थितिको विकास गराउन १८ वर्षको अवधि प्रस्ताव गरिएको भनाइ विधायन समितिका सदस्य रहनुभएका सांसदत्रय कर्णबहादुर थापा, रामनारायण बिडारी र प्रतीक्षाकुमारी मुखियाको छ ।

विधेयकका मस्यौदाकार रेग्मी भन्छन्, '१६ वर्षमा व्यक्तिले नागरिकताको प्रमाणपत्र पाउने भएकाले १६ वर्षको अवधि कायम गरिएको हो ।' एउटा पुस्ताले कमाउने तर पछिल्ला १० पुस्तासम्म पनि पुख्र्यौली सम्पत्तिका कारण आत्मनिर्भर बन्न नचाहने र पछिल्ला पुस्ताका लागि कमाइदिनका लागि पनि पितापुर्खामा लोभ जाग्ने स्थिति अन्त्य गर्न पनि इच्छापत्रको व्यवस्था सहज हुने सांसद थापाको भनाइ छ ।

इच्छापत्रले अंशमा छोरीको समान हक कुण्ठित हुने– इच्छापत्रको व्यवस्थाले वंशजको आधारमा छोरीले पनि अंशमा पाउने समान हक कुण्ठित हुने आशङ्का बढेको छ ।

मुलुकी ऐन अंशबन्डा महलको दफा १६ मा ३५ वर्ष उमेर पुगेकी तर विवाह नगरेकी छोरीले छोरासरह अंश पाउने व्यवस्था भएकामा महिला अधिकारवादीले छोरासरह समान हक कायम गराउन दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले २०५२ मा छोराछोरी दुवैले समान हक पाउने निर्णय गरेको २० वर्ष भयो । इच्छापत्रले अब सो हक कुण्ठित हुने स्थितिमा पुगेको छ ।

महिला अधिकारकर्मी तथा वरिष्ठ अधिवक्ता मीरा ढुङ्गाना भन्छन्, 'पितृसत्तात्मक मुलुकमा इच्छापत्र गर्दा छोरालाई प्राथमिकता दिने हुँदा छोरी विभेदको सिकार हुन सक्छन् ।' उनले थपे, 'नेपाली समाज सचेत नभएसम्म यो व्ययस्था लागू गर्न हुँदैन ।'

इच्छापत्र कार्यान्वयनको चुनौती – अंशमा इच्छापत्र नेपालका लागि नितान्त नौलो व्यवस्था भएकाले नेपाली समाज यसप्रति अभ्यस्त नभएका कारण कार्यान्वयनमा चुनौतीको सामना गर्नुपर्ने आशङ्का बढेको छ ।

सो विधेयकका मस्यौदाकार रेग्मी भन्छन्, 'एउटा संरचनामा रहेका समाजलाई अर्को संरचनामा बदल्न समस्या नआउने होइन । यो व्यवस्थाले परिवार र समाज मात्र होइन देशकै आर्थिक विकासमा टेवा पु¥याउने भएकाले समाजलाई जागरुक गराउन लामो अवधिपछि कार्यान्वयन गराउने व्यवस्था गरिएको हो । त्यसैले यस्ता विषयलाई देशभर अभियानका रुपमा प्रचारप्रसार गराउनुपर्छ ।'

सांसद थापा भने इच्छापत्रलगायत देवानी तथा फैज्दारी संहितका सबै विषयमा समितिमा छलफलपछि जनतामाझ जाने र सबैको रायसुझावबमोजिम पुनः समितिमा छलफल गराएर संसद्मा पेस गर्ने प्रस्ताव गर्नुपर्ने बताउँछन् ।



Sent from my iPhone


Sent from my iPhone 6 plus


Sent from my iPhone

Saturday, February 27, 2016

शरीरमा पानी कमी भएको अवस्थामा यी १० लक्षण देखा पर्ने छ :

मिडिया एनपी, काठमाडौं । पानी बिनाको जीवन कल्पना गर्न सकिन्न । यसको मात्रा मिलाएरु पिए अमृत हुन्छ । पानीको मात्र मानिसको शरीरमा न कमी भएको राम्रो न बढी भएको राम्रो हो । यसर्थ शरीरमा पानी कमी भएको अवस्थामा यी १० लक्षण देखा पर्ने छ :

१. टाउको दुख्ने

पानीको कमीले पनि टाउको दुख्ने गर्छ । टाउको दुखिरहेको तर कारण थाहा नपाए शरीरमा पानीको मात्रा कमको रहेको अवस्था हो । टाउको गह्रौँ भएर दुःखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने ।

२. खाएलगत्तै भोक लाग्नु 

बढी तिर्ख लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । यसर्थ खाना खाएलगत्तै भोक लागेको महसुस हुन्छ । यस्तो अवस्थामा पानी पिए राम्रो हुन्छ ।

३. धेरै थकान महसुस हुने 

पर्याप्त पानीको मात्रा शरीरमा कमी भए धेरै धकान महसुस गराउँछ । पानीको कमीले शारीरिक प्रणाली नै कमजोर बनाउने हुँदा धेरै थकानको महसुस हुनेगर्छ । पानीको कमीले धेरै थकान महसुस हुँदा कार्य क्षमतामा ह्रास आउँछ । दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन ।

४. छाला सुक्खा हुने 

पानीको कमीले शरीरका छाला सुख्खा तथा चाउरी पर्ने गर्छ । मौसम विपरीत छाला सुख्खा हुने, ओठ फुट्ने लगायत यस्ता खालका लक्षण देखिए पानीको समस्याका कारण देखा परेको हो ।

५. पिसाब पहेँलो हुने 

पानीको कमीले पिसाब पनि अस्वभाविक पहेँलो हुने गर्छ । लगातार पिसाब पहेँले देखा परे पानीको कमीका कारण पनि हुन सक्छ ।

६. एसिडिटी बढ्छ 

पानीको कमीले एसिडिटी पनि बढ्छ । कब्जियत हुने, खाना राम्ररी पचिरहेको छैन भने यसको कारण शरीरमा प्रशस्त मात्रामा पानी नहुनु हो । ठीक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कमी गराउँछ ।

७. धढ्कन बढाउँछ 

यदि तपाईंको मुटुको धड्कन अचानक बढ्यो भने पानीको कमी भएको एउटा संकेत हो । चक्कर लाग्ने वा अचानक डराउने अचानक चक्कर आउने धेरै कारण हुन सक्छ, कहिलेकाहीँ दबाइको कारण, निद्रा नआउने लगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।

८. श्वास गनाउने 

पानीको कमीले मानिसको स्वास पनि गनाउने गर्छ । शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ ।

९. मुख सुक्खा रहनु 

प्रायस् मुख सुक्खा हुन्छ भने त्यो पानीको कमी भएको संकेत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्ने बित्तिकै पिउनुपर्छ । कहिलेकाहीँ कतिपय दबाइ खाँदा पनि मुख सुक्खा हुन्छ । यी दुई कुरामा भने झुक्किन हुँदैन

१०. मांसपेशी या जोर्नीमा दुखाइ हुन्छ 

पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।



Sent from my iPhone 6 Plus

Sunday, February 21, 2016

शाकाहारी भोजनका फाइदा र बेफाइदा

नेपालमा ठुलो मात्रामा पशुपंक्षीको काटमार हुन्छ पशुअधिकारवादीहरुले यसरी पशु मारेर मासु खानुभन्दा शाकाहारी हुनु राम्रो हो भन्दै अभियान नै चलाएका छन् तर, शाकाहारी हुनुका फाइदा पनि छन्, बेफाइदा पनि छन्

फाइदा

शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन जबकि शाकाहारी खाना चाँडै पच्छ साथै यसले मष्तिष्कलाई सचेत राख्छ मानिसलाई बुद्धिमान बनाउँछ तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ
शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ अनुसन्धानबाट शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ यसले मानिसको आयु लम्ब्याईदिन्छ
मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ उदाहरणका लागि माछा, मासु अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ तर, उच्च घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा भने तपार्इं कस्तो खालको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ भन्नेमा भर पर्छ यस्तै, यस्ता व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ उच्च रक्तचाप तौल नुन सेवनमा निर्भर गर्दैन
शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ
शरीरको तापक्रम सन्तुलन बनाई राख्न, मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण्ँ गर्न शाकाहारी खाना प्रभावकारी मानिन्छ
खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति चाहिन्छ   आलुमा प्रशस्त प्रोटिन हुन्छ जसले शरीरको वृद्धि गर्न यसलाई सन्तुलित राख्न मद्दत गर्छ कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु¥याउँछ   यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दा" हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ   मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुल्ला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङगमा प्रशस्त प्रोटिन पाइन्छ   फर्सीको बिया", लट्टेको गेडा, ओखर, ज्वानोआदिबाट पनि शरीर Ô गर्ने प्रोटिन पाइन्छ   प्रोटिन कपाल, हाड, मांशपेशी रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो प्रोटिनले घाउ छिटो निको गर्न मद्धत पु¥याउ"
शरीरलाई आवश्यकमात्रामा चाहिने प्रोटिनयुक्त खाना नखा"दा उमेरअनुसार उचाई बढ्दैन, केटाकेटी ख्याउटे, दुब्लो कमजोर हुन्छन् शरीर सुन्निने पनि हुन्छ   कहिलेका"ही छालामा दाग पनि देखिन्छ   भटमास, मह, सागसब्जी दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन    गाढा हरियो रंगको तरकारीमा भिटामिन खनिज पदार्थ पाइन्छ   जसले सरुवारोग कमजोरीबाट बचाउ"   फर्सी, गा"जर, बकुल्ला उमारेको गेडागुडीमा शरीरलाई आवश्यक पर्ने तत्व हुन्छन्   यस्तै, शारीरिक विकास, तेज "खा, स्वस्थ्य छाला, बलियो दा" हाड बनाइराख्न भिटामिन आवश्यक हुन्छ
अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानको निष्कर्Èमा भनिएको – 'मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पु¥याएको देखिन्छ   अनुसन्धानकर्ताका अनुसार शाकाहारी भोजनले मेटाबोलिन सिन्ड्रोम, उच्च रक्तचाप, इसेमिक हर्ट डिजिज, मधुमेहलगायतका कैयौं दीर्घ रोगको सम्भावना कम हुन्छ ६० हजारभन्दा बढी बेलायतीमा यसअघि गरिएको अर्को अनुसन्धानले समेत मांशाहारीको दा"जोमा शाकाहारीलाई कम क्यान्सर हुने देखिएको

बेफाइदा

शाकाहारी खानामा मानिसलाई आवश्यक पोषक तत्व परिपूर्ति गर्ने भएपनि माछा या मासुबाट प्राप्त हुने केही निश्चित तत्व पाउँन सकिदैंन शाकाहारी खानामा प्रोटिन, क्याल्सियम, भिटामिन बि १२, आइरन, जिंक निकै कम मात्रामा पाइन्छन् भिटामिन बि १२ सोया उत्पादन, संरक्षित अनाज तथा जनावरका उत्पादनमा पाइन्छ सोयामिल्क, मिल्क अन्य दुग्धजन्य पदार्थहरु भिटामिन डिका प्रमुख स्रोत हुन् मासु, चिकेन, माछामा आइरन जिङक प्रशस्त मात्रामा पाइन्छन् दुध, चिज दही क्याल्सियमका उत्कृष्ट स्रोत हुन् यस्ता पोषक तत्व शाकाहारी खानामा पाइदैंनन् मासु प्रोटिनको महत्वपूर्ण स्रोत हो, यसमा शरीरलाई अति आवश्यक एमिनो एसिड पाइन्छ मासुमा पाइने फोस्फोरसलाई शरीरले सजिलैसंग पचाइदिन्छ शाकाहारी खाद्यपदार्थ बडिबिल्डरलाई काम लाग्दैन कार्बोहाइड्रेट प्रोटिनविनाको खानाले रक्तअल्पता निम्त्याउँन सक्छ पूर्णतया चिल्लोरहित खाद्य पदार्थ पनि स्वास्थ्यका लागि ठीक होइन, स्नायुप्रणाली शरीरलाई ठीक ढंगले सञ्चालन गर्न पनि निश्चित मात्राको कोलेस्टेरोल चिल्लो पदार्थ चाहिन्छ
शाकाहारीले यथेष्ट मात्रामा प्रोटिन पाउन दैनिक धेरै तरकारी खानुपर्छ प्रोटिनको अभावमा घाउ निको हुन समय लाग्ने, थकान सिर्जना हुने जस्ता समस्या सिर्जना हुन्छ आइरन, भिटामिन बी १२ को अभाव पूर्ति गर्न दैनिक मल्टीभिटामिन लिनुपर्ने हुन्छ अर्को समस्या भनेको बारम्बार भोक लाग्ने हुन्छ शरीरलाई चाहिने तत्व नपाउँदा यस्तो हुनु स्वभाविक हो यस्तै, राम्ररी निद्रा नलाग्ने दैनिक गतिविधिमा चासो नलिने जस्ता समस्या निम्तन्छन् -स्वास्थ्य खबरपत्रिका

 

 

 

Sent from Mail for Windows 10

 


This email has been sent from a virus-free computer protected by Avast.
www.avast.com