Thursday, December 28, 2017

भक्तपुरको निर्माणाधीन क्षयरोग अस्पतालको भवनमा शिलबन्दी

भक्तपुर, १३ पुसः मध्यपुरथिमि नगरपालिकाले वडा नं ४ मा निर्माणाधीन क्षयरोग अस्पतालको भवनमा शिलबन्दी गरेको छ । अस्पतालक्षेत्र भित्र सरकारको रु २९ करोडको लागतमा निर्माण भइरहेको राष्ट्रिय क्षयरोग केन्द्रको ३०० शय्याको क्षयरोग अस्पतालको निर्माण कार्य रोक्दै नगरपालिकाले आज शिलबन्दी गरेको हो ।
नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठलगायत नगरपालिका कर्मचारीको टोलीले शिलबन्दी गरेका कारण भवन निर्माण रोकिएको छ ।
नगरपालिकासँग स्वीकृति नलिई र नक्सासमेत पास नगरी निर्माण शुरु गरेको भन्दै नगरपालिकाले शिलबन्दी गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।
स्थानीय सरकार आएपछि नगरपालिकाले पटक पटक केन्द्रमा पत्राचार गरेर भवन निर्माणको स्वीकृत लिई नक्सा पास गरेरमात्रै भवन निर्माण गर्न आग्रह गर्दा पनि केन्द्रले अटेर गर्दै भवन निर्माण थालेपछि बाध्य भएर शिलबन्दी गरेको उहाँले बताउनुभयो ।
प्रमुख श्रेष्ठले भन्नुभयो, “केन्द्रले नगरपालिकामा नक्सासमेत नबुझाई भवन निर्माण शुरु ग¥यो, माथिको बस्तीसमेत उच्च जोखिममा पारेर नियम विपरीत ९० डिग्रीको कोणमा १५० फिटभन्दा बढी ठाडो गरी माटो काटेको पाइयो, त्यसैले नियमसंगत आओस् भनेर शिलबन्दी गरेको हाँै ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–७ दफा २७ र २८ मा भवन निर्माण गर्दा वा भौतिक संरचना निर्माण गर्दा स्थानीय सरकारसँग पूर्वस्वीकृत लिनुपर्ने स्पष्ट व्यवस्थालाई सरकारी निकायले नै लत्याएर भवन निर्माण शुरु गरेकाले शिलबन्दी गर्नुपरेको बताउनुभयो ।
विसं २०७२ को भूकम्पपछि सांसदहरुले नै सरकारी भवन निर्माण गर्दा अनिवार्य स्वीकृति लिएर मापदण्डअनुसार जानुपर्ने व्यवस्था गराएकामा अस्पताल जस्तो संवेदनशील भवन बनाउँदा क्षयरोग केन्द्रले सरकारको नियम मिच्न खोजेको उहाँको भनाइ थियो ।
नगरपालिकाको प्राविधिकसहितको टोली आएर पटक पटक मापदण्ड र प्रक्रिया पु¥याउन आग्रह गर्दा पनि केन्द्रले अटेर गरेको अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले शिलबन्दी गर्दा पनि केन्द्रले जबर्जस्ती गरेर निर्माण कार्य थालनी गरे मध्यपुरथिमिका बासिन्दा उर्लिएर आउने प्रतिक्रिया दिनुभयो ।
यता राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले एउटा सरकारी निकायले भवन विभागको नक्सा, मापदण्ड र स्वीकृतिमा अस्पताल भवन निर्माण गर्दा अर्को सरकारी निकायले रोक्नु नपर्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिकामा नक्सा स्वीकृत गराउनु पर्ने हो तर अस्पताल निर्माणको बजेट फ्रिज होला भनेर हतारमा भवन निर्माण गरेका हौँ, केही दिनभित्रै नक्सा पास गर्न नगरपालिकामा पेश गर्छौं ।”
उहाँले काठमाडौँको वीर अस्पतालसमेत मापदण्ड विपरीत रहेको बताउँदै भवन विभागभन्दा नगरपालिका ठूलो नभएको जिकिर गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालय र स्थानीय विकास मन्त्रालयका सहसचिवले समेत शिलबन्दी गर्नु गलत भएको आफूलाई जानकारी गराएको बताउनुभयो ।
बस्ती जोखिममा
अस्पताल भवन निर्माणका लागि डाँडो भास्ने क्रममा माथिको बस्तीको ख्याल नगरी ठाडो गरेर माटो झिक्दा यहाँका सातघर रहेको बस्ती जोखिममा परेको छ ।
स्थानीय गीता श्रेष्ठले घर तल दिनदिनै डोजर लगाएर माटो झिक्दा यहाँको बस्ती नै थर्किने र पहिरोले घर भत्किने डरले रातभरि सुत्न नसक्ने बताउनुभयो । उहाँले घर भत्किन लाग्यो डाँडो नखन्नुस् भन्दा ठेकेदारले कुरै नसुनेको बताउनुभयो ।
स्थानीय देवकी श्रेष्ठले यहाँको बस्ती नै जोखिममा परेको र स्थानीय बासिन्दाको मागको बेवास्ता गरी अस्पताल निर्माण गरेको आरोप लगाउनुभयो । क्षयरोग सरुवा रोग भएको र यसको किटाणु बस्तीमा आउने जोखिम भएको भन्दै यहाँ बिरामी राख्ने गरी अस्पताल बनाउन नदिने बताउनुभयो । (रासस)

Friday, December 15, 2017

३१. महत्वाकांक्षा

Dr. Yogi Vikashnanda : देशको मात्र हैन विश्वकै धनीहरूमा सूचीकृत हुन सफल एक मात्र नेपाली उद्योगपति विनोध चौधरी आफ्नो जीवन–कथामा महत्वाकांक्षाबारे लेख्छन् – महत्वाकांक्षा शब्दलाई हाम्रो समाजले जहिल्यै नकारात्मक ढगंमा बुझ्यो । हाम्रो प्रगतिको बाधक यही हो ।
मैले जुन मुकाम हासिल गरेको छु त्यो उच्च महत्वाकांक्षा राख्ने मेरो बानी र दृढ इच्छाशक्तिको परिणाम हो । महत्वाकांक्षाले पेटमा भोक जन्माउँछ । यही भोकले मान्छेलाई अघि बढ्ने प्रेरणा पनि दिन्छ, दबाब पनि ।
प्रसंग बदलौं । विगत दुई सय वर्षदेखि अमेरिकामा सफलताको बारेमा गहन अध्ययन–अनुसन्धान र प्रयोग हुँदै आइरहेको देखिन्छ । विभिन्न क्षेत्रमा सफल हुने मान्छेमा निश्चय पनि भिन्न–भिन्न किसिमका अनुशासन र तरीका भेटिन्छन् । यति हुँदा–हुँदै पनि सफल हुने सबै मान्छेमा केही कुरामा समानता पनि पाइन्छ । त्यस्ता कुरामध्ये एउटा हो महत्वाकांक्षा । अतः महत्वाकांक्षा नबोक्ने मान्छेहरू सफलता त के असफलधरी हुँदैनन्, मात्र उनीहरू जीवनभर कमजोर एवं थिलथिलो जीवन बाँच्न बाध्य हुन्छन् ।
पुनः प्रसंग बदलौँ । ओलम्पिकको लामो इतिहासमा सब भन्दाबढी सफल हुने एक व्यक्तिको नाम हो माइकल फेल्प्स । उनले चीनमा भएको एउटै ओलम्पिकमा पौडीवाज भएर आठ वटा स्वर्ण पदक जित्न सफल भएका थिए । सारा संसारलाई आश्चर्य चकित पार्दै इतिहास रच्न सफल यी युवाको अद्वितीय सफलताको रहस्य के होला त ? त्यस्ता केही रहस्यमा निश्चय पनि महत्वाकांक्षा पनि एक हो । उनले आफू सफल हुनुका तीन कारण बताएका छन् – ठूलो सपना अर्थात् महत्वाकांक्षा, त्यस्तो सपना पालेर अघि बढ्ने साहस र यस यात्राको निरन्तरता ।
अब प्रश्न उठ्दो हो –महत्वाकांक्षाले सफल हुन ठोसरूपमा कसरी मद्दत गर्दछ त ? यसलाई बुभ्mन फेल्प्सको बाल्यकालतिर फर्किन आवश्यक हुन्छ । उनले पाँचै वर्षको कलिलो उमेरदेखि पानीमा हातपाउँ मार्न थालेका हुन् । उनलाई यसमा जति आनन्द अन्य कतै पनि आएको नदेखे पछि यसै क्षेत्रमा बेजोड व्यक्तित्व हुने महत्वाकांक्षा पलाउन थाल्यो । र, यस महत्वाकांक्षालाई परिवारले समेत मलजल ग¥यो । आफ्नो अद्वितीय महत्वाकांक्षा साकार पार्न उनले अरूभन्दा बढी पानीमैँ समय बिताउन थाले । परिमाणस्वरूप उनको मनको महत्वाकांक्षा अब उनको तनमा पनि देखिन थाल्यो, अर्थात् उनका खुट्टाका पञ्जाहरू अरूको भन्दा लामा हुँदै गए भने फोक्सोको क्षमतामा समेत बढोत्तरी भयो अर्थात् उनको शारीरिक संरचनामा समेत असामान्य परिवर्तन आयो । र त यिनै परिवर्तित शरीरले उनलाई इतिहास रच्न सघायो । यो हो महत्वाकांक्षाको परिमाण ।

Thursday, December 14, 2017

माघ देखि नागरिता काम नलाग्ने ! पुरा पढ्नुहोस

काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ ।सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रममार्फत मात्रै त्यसले पूर्णता पायो ।
यसबीचमा परिचयपत्र छपाइ रोक्न भएका अनेक खेल, विवाद र सरकार स्वयम्को ढिलासुस्ती कारण यसको कार्यान्वयनमा समस्या पर्यो । ढिलै भएपनि यो प्रयासले पूर्णता पाउने अब निश्चित भएको छ ।राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्र छाप्नका लागि आवश्यक सबै पूर्वाधार तयार गरी छपाइ मेशिन समेत ल्याई गृहमन्त्रालयभित्र राखेको छ । माघभित्रैबाट परिचयपत्र वितरणको काम शुरु हुने केन्द्रका कार्यकारी निर्देशक एवम् सहसचिव रामकृष्ण सुवेदीले जानकारी दिए ।उनले भने, “अहिले नागरिकता, लाइसेन्स, एटिएम लगायत विभिन्न थरी कार्ड बोेकेर नागरिकले हिँड्न परिरहेको छ । राष्ट्रिय परिचयपत्र बाँडिएपछि एउटै कार्डले सबैको काम गर्न सकिन्छ । ”
केन्द्रले पहिलो चरणमा १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ जसमा एक लाख १० हजार पाँचथर जिल्लामा र सात हजार सिंहदरबारभित्र कार्यरत सरकारी कर्मचारीलाई वितरण गर्नेछ ।कार्डमा प्रत्येक नागरिकलाई नदोहरिने गरी एउटा कोड नम्बर प्रदान गरिनेछ । यस्तै, अब नयाँ जन्मने प्रत्येक व्यक्तिलाई जन्मदर्तासँगै उसको जीवनभरका लागि कार्डको कोड नम्बर दिइनेछ ।यसअघि निर्वाचन आयोगले संकलन गरेको नागरिकको विवरण प्रयोग गर्ने योजना बनाइएपनि ती विवरण अपूर्ण देखिएका कारण केन्द्रले आफैंले विवरण संकलनको काम शुरु गरेको छ ।
परिचयपत्रमा नागरिकको जैविक विवरणअन्तर्गत हातका दशवटै औँलाको औंठा छाप, तस्वीर तथा वैयक्तिक विवरणमा नाम, थर, उमेर, लिंग, जन्ममिति, स्थायी ठेगाना, बुवा र आमाको नामथर, पति/पत्नीको नामथर र परिचयपत्र नम्बर लगायतका विवरणहरु राखिनेछ ।
कार्डको अघिल्लो भागमा माथि दायाँतर्फ नेपालको राष्ट्रिय झण्डा र बाँयातर्फ सरकारी छाप र व्यक्तिका विवरणहरु छन् । यस्तै, कार्डको पछाडिको भागमा दुर्लभ एक सिङ्गे गैंडाको चित्र अंकित छ ।
कुनैपनि व्यक्तिको गोपनीयतालाई भंग हुन नदिने सुरक्षा व्यवस्था कार्डमा गरिएको केन्द्रले जनाएको छ । कार्डमा हुने व्यक्तिगत विवरण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित ढंगले राखिने कार्यकारी निर्देशक सुवेदीले स्पष्ट पारे ।
राष्ट्रिय परिचयपत्रमा राहदानी विभाग, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण राख्न सकिनेछ ।
गृह मन्त्रालयले परिचयपत्रलाई विस्तार गर्दै जनगणना, विदेशिने नागरिकको संख्या, सामाजिक भत्ता लिनेको विवरण, आवेदन, महशुल र कर भुक्तानीलगायतका विवरण राख्न सकिने गरी योजना अघि बढाएको छ ।
यी विवरण परिचयपत्रको पृष्ठ भागमा मेसिनले मात्रै पढ्न मिल्ने गरी विद्युतीय सुरक्षायुक्त चिप्स राखिनेछ । मोबाइलको सिमजस्तै देखिने चिप्समा ठूलो परिमाणमा तथ्याँक संग्रह गर्न सकिन्छ ।
पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल कार्ड प्रयोगमा ल्याउन ढिलाइ भइसकेको बताउँदै कार्डको प्रयोगले शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न र कागजातको किर्ते रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, “कुनै व्यक्तिले अपराध ग¥यो भने उसको परिवारदेखि विगतका उसका गतिविधिसम्म सबै बुझ्न कार्डले मद्दत गर्छ जसबाट अपराधीलाई पक्राउ गर्नेदेखि उसलाई निगरानी राख्नेसम्मका काम सहजै गर्न सकिन्छ ।”
अदालतको फैसला कार्यान्वयन गर्न, अनधिकृत सम्पत्ति फेला पार्न, आपराधिक गतिविधि रोक्न, सरकारी निकायबाट भएको दण्ड जरीवाना अशुलउपर गर्नसमेत कार्ड उपयोगी हुने उहाँको भनाइ छ । उहाँले बृहत् तथ्याँक समेट्नसक्ने गरी कार्डको निर्माण गरिनुपर्ने सुझाव दिनुभयो ।
कार्डमार्फत सरकारले नागरिकलाई उपलब्ध गराएका सेवा सुविधा पाए÷नपाएको तथा नागरिकले राज्यलाई तिर्नुपर्ने कर तिरे÷नतिरेको जस्ता विवरणसमेत लिन सकिन्छ ।
पहिलो चरणको कार्ड वितरणपछि केन्द्रले दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा मुलुकभर गरी पाँच वर्षभित्र १६ वर्ष पुगेका सबै नेपालीलाई कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।
पहिलो चरणका लागि एशियाली विकास बैंकको रु ४५ करोड अनुदान सहयोगमा कार्ड छापी निःशुल्क परिचयपत्र वितरण गरिनेछ । बोलपत्र आह्वानपछि फ्रान्सको ‘सफरान आइडेन्टिटी एण्ड सेक्युरिटी कम्पनी’ ले कार्ड छाप्ने जिम्मा पाएको छ ।
एशिया महाद्वीपका २०, युरोपका ३८, अफ्रिकाका पाँच, अमेरिकाका आठ राष्ट्रमा यस्तो कार्ड वितरण गरिसकिएको छ ।
कानून बन्नै बाँकी
कार्ड छपाइको प्रक्रिया शुरु भएपनि अहिलेसम्म राष्ट्रिय परिचयपत्र व्यवस्थापन गर्ने कानून बनेको छैन । यसका लागि आवश्यक ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको गृहको भनाइ छ ।
सुवेदीले भने, “पहिले मापदण्ड बनाएर काम शुरु गर्ने कि भन्ने सोचेका थियौं तर दीर्घकालीन रुपमा ऐन नै ठिक हुन्छ भन्ने निष्कर्षमा पुग्यौं । पहिलो चरणमा मन्त्रिपरिषद्को निर्णयका आधारमा परीक्षणको रुपमा कार्ड वितरण गरिनेछ । ”
नेपालको संविधानको धारा ५१ च (७) मा ‘एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली विकास गरिने उल्लेख छ ।

Thursday, December 7, 2017

AOL

We're sorry...

We are not able to reset your password right now.
If you need help now, you can call customer service at 1-855-678-5082Monday through Friday from 8:00 a.m. to 1:00 a.m. (EST), and Saturday & Sunday from 8:00 a.m. to 10:00 p.m. (EST).

To help you through the recovery process more quickly, we have generated a unique verification code for you. Please copy it down in case you are asked to provide it to your representative: 690305

Wednesday, December 6, 2017

सेयर बजारमा नडुब्नका लागि राकेश झुन्झुनवालाका ११ सुत्र




सेयर बजारमा नडुब्नका लागि राकेश झुन्झुनवालाका ११ सुत्र

राकेश झुन्झुनवालालाई भारतका वारेन बफेटको रुपमा चिन्ने गरिन्छ । सेयर बजारबाट राम्रो प्रतिफल दिने कम्पनीहरु उठाउने बारेमा उनले गरेको आधारभुत कुराहरुको अध्ययन र अनुसन्धान सुत्र धेरै लोकिप्रय छ । उनी अध्ययनले चार्टर अकाउन्टेन्ट र पेशाले सेयर कारोबारी हुन् । ऊनका तलका ११ कुराबाट सेयर बजार प्रतिकुल हुँदा पनि कसरी डुब्नबाट बच्न, घाटा कम गर्न र नाफा लिनसकिन्छ भन्ने शिक्षा लिन सकिन्छ।
१. मैले संचार माध्यम र श्रीमतिबाट दुई वटा कुरा सिकेः उनीहरु जे भन्छन्, तत्कालै प्रतिक्रियामा जानुहुन्न ।
मानिसहरु पत्रपत्रिका र संचार माध्यमले जे भन्छन्, अक्सर त्यसकै पछि लागेका हुन्छन् तर सम्बन्धित कम्पनीको आधारभुत अबस्थाबारे कहिल्यै अध्ययन गर्दैनन् । यस्ता लगानीकर्ताहरुले अक्सर गुमाउँछन, त्यस समाचारका कारणले कहाँ निर कुन सेयरलाई मार गरेको हुन्छ भन्ने थाहा नै पाउँदैनन् ।
२. अरु आशाबादी हुँदा फाईदा लिन र मानवीय प्रबृत्ति विपरित जानसक्नुपर्छ
सेयर बजारमा धेरै जसो सेयर कारोबारी र लगानीकर्ताले सेयर किन्दा किन्ने प्रबृत्ति हुन्छ । यो राम्रो प्रबृत्ति हैन । तपाइँले जहिले पनि आफैलाई सोध्नुपर्छ कि मैले यो सेयर किन किनिरहेको छु ?
३. कम्पनीको सट्टा ब्यवसायमा लगानी गर्नुस्
मान्छेहरु कुनै पनि कम्पनीको बिस्तृत जानकारी नलिई त्यसको शेयर मूल्यको आधारमा लगानी गर्छन् । त्यो राम्रो होइन । कम्पनीको सेयरमा हैन, उसले गर्ने ब्यवसाय र ब्यवसायको प्रकृतिमा आधारित रहेर लगानी गर्नुहोस् ।
४. कम्पनी चर्चामा आउनु अगावै लगानी गर्नुहोस्
कतिपय लगानीकर्ताहरु नाम नचलेका कम्पनीहरुको ब्यवसायको बारेमा अध्ययन नै गर्दैनन् । जब कम्पनी चर्चामा आएर सडकमा ब्यापार गर्नेका बीचमा समेत चर्चा हुन थाल्छ, मान्छेहरु सेयर किन्न आईरिन्छन् । त्यसो गर्नुहुन्न ।
५. यदि अबसर देख्नुहुन्छ भने आजै मौकामा चौका हानिहाल्नुस
तपाइँ सही समयको लागि धेरै पर्खने प्रयास नगर्नुहोस् । यदि मौका छ भने चौका हानिहाल्नुस, नत्र समय जानेछ । तर यसो पनि हैन कि पाउरोटीको म्याद सकिने समय नै नहेरी किनी हाल्ने ।
६. गल्तीबाट पाठ सिक्नुहोस्, घाटा खान पनि सिक्नुहोस्
लगानीकर्ताले हरेक गल्तीबाट पाठ सिक्ने कोशिश गर्नुपर्छ, हरेक गल्ती नै शिक्षा हुनेछ । लगानीकर्ताले घाटालाई पचाउने पनि गर्नुपर्छ किनभने एउटाको नाफा अर्र्कोमा घाटा पनि हुनसक्छ ।
७. लहर विपरित जानुहोस, अरुmले किन्दा बेच्नुहोस्, अरुले बेच्दा किन्नुहोस्
धेरै सेयर बिक्रीमा आएर बजार तल झर्दै गर्दा किन्नुहोस् । धेरै मानिसले सेयर बेच्न आउँदा सस्तोमा सेयर पाईनसक्छ । यस प्रक्रियामा जब मानिसहरु धेरै किन्न आउँछन्, तब तपाइँले सेयर किन्न बन्द गर्नुहोस् ।
८. भावनामा बगेर सेयर किनबेच गर्नु सिधै घाटा खानु हो
कुनै कम्पनीसँगको भावनात्मक सम्बन्धका कारणले सेयर नकिन्नुहोस् । जस्तो कि कतिपय मान्छेहरु भन्छ्न, यो मेरो बुबाको मनपर्ने कम्पनी हो वा अरु नै कारण हो । जहिले पनि त्यस्ता कम्पनीहरुको सेयरसँग मायाँ प्रेम गाँस्नुहोस्, जसमा ब्यवसाय बृद्धिको संभावना छ वा ब्यवसाय बढाउँदै लगेको छ । भावनात्मक कुरालाई टाढा राख्नुहोस् र वास्तविक धरातलमा उभिने प्रयास गर्नुहोस् ।
९. ठूला लगानीकर्ताले किनेकै सेयर अन्धाधुन्ध उठाउनु बुद्धिमानी हैन
ठूला र नाम चलेका लगानीकर्ताले किनेका छन् भन्ने हल्लामा जस्तो पायो त्यस्तो कम्पनीको सेयर किन्नुहुँदैन । यसरी ठूलाको पछि लागेर सेयर किन्दा राम्रो प्रतिफल आउँछ नै भन्ने ग्यारेन्टी पनि हुन्न । धेरै जसो ठूला लगानीकर्ताले सेयर किनेको हल्ला त्यतिखेर संचार माध्यम वा हल्लामा आउँछ, जतिखेर उनीहरुले सेयर बेचिरहेका हुन्छन् वा बेचिसकेका हुन्छन् ।
१०. लगानी परिपक्व हुने बेलासम्म प्रतिक्षा गर्नुस्
मान्छेहरु नाफा सुरक्षित गर्न भन्दै छिटो छिटो किन्ने र बेच्ने गर्छन् । केही समय होल्ड गर्दैनन जस्ले गर्दा चाहेजति प्रतिफल हाँसिल हुनसक्दैन । कतिपय अबस्थामा घाटा हुनसक्छ । तसर्थ लामो समयका लागि लगानी गरेर आफ्नो लगानी परिपक्व हुँदासम्म कुर्नु राम्रो हुन्छ ।
११. आफुसँग केही रकम सुरक्षित राख्नुस्, ताकि भबिष्यमा आउने मौका चुकाउनु नपरोस
कतिपय लगानीकर्ताहरुको बानी आफुसँग भयभरको रकम सबै सेयर बजारमा लगानी गर्छन्, यो गलत अभ्यास हो। तेसो गर्दा बीचमा आउने अबसर छोप्न तथा चुनौतिको सामना गर्न गाह्रो हुन्छ। तसर्थ केही रकम आफ्नो हातमा राखिरहनुपर्छ ताकि आगामी दिनमा आउने मौकाको फाईदा उठाउँन सकियोस र चुनौतिको सामना गर्न सहज होस् । ईतिहासले हामीलाई भन्छ, परिवर्तनशील लाभ लिने कुरा प्रकृतिकै चक्र हो ।
स्रोतः http://www.financialexpress.com 

Friday, November 17, 2017

अभिभावकलाई टिप्सः बच्चालाई कसरी पुस्तक पढ्न बानी कसरी बसाउने

अभिभावकलाई टिप्सः बच्चालाई कसरी पुस्तक पढ्न बानी कसरी बसाउने

अहिले बच्चाहरु ट्याबलेट, मोवाइल, टिभी, ल्यापटपमा झुम्मिन थालेका छन् । यहि कारण पाठ्यपुस्तकप्रति उनीहरुको रुची घट्दो छ । पठन संस्कृति हराउँदै गएको छ ।
कति आमाबुवा दुखेसो गर्छन्, 'छोराछोरीले पढ्नै मानेनन् ।'
मनोरञ्जनको विकल्प बढ्दै जाँदा बालबालिका कितावमा घोत्लिन छाडेका छन् । पुस्तक पढ्नुभन्दा स्मार्ट फोनमा गेम खेल्नु, भिडियो हेर्नुमै रमाउन थालेका छन् ।
डिजिटल भर्सेस प्रिन्ट
सन् २०१३ देखि २०१५ सम्म गरिएको एक सर्भेक्षणमा भारत, जापान, अमेरिका, जर्मनी र स्लोभेनियाका ४ सय २९ विश्वविद्यालयका छात्रहरुलाई डिजिटल र पि्रन्टेड पुस्तकको तुलना गर्न लगाइएको थियो । यसमा अधिकांसले भनेका थिए कि पि्रन्टेड पुस्तकको बास्ना उनीहरुलाई मन पर्छ ।
कागजलाई छुँदा, हेर्दा, समात्दा उनीहरुलाई बेग्लै आभास हुन्छ र पढेको कुरा पनि दिमागमा घुस्छ । त्यसैले बच्चाहरुलाई डिजिटल मात्र नभएर पि्रन्टेड पुस्तक पनि उपलब्ध गराउनु आवश्यक छ ।
सामाजिक सञ्जालको असर
सामाजिक सञ्जालमा ज्ञान त धेरै हुन्छन्, तर ती कति सही हुन्छन् वा गलत भन्ने ऐकिन हुँदैन । जसको मनमा जे आउँछ, त्यसलाई अडियो, भिडियो वा टेक्स्टका रुपमा पोष्ट गरिदिन्छ । यस्ता कुराहरुले बालबालिकाको दिमागमा अधकल्चो वा गलत जानकारी बस्ने खतरा हुन्छ । त्यसैले सामाजिक सञ्जालबाट बच्चाहरुले सबै कुरा थाहा पाइहाल्छन् भनेर ढुक्क हुनुहुँदैन ।
यस्तो पृष्टभूमीमा कसरी बच्चालाई पुस्तकमा ध्यान फर्काउने त ? बच्चालाई कसरी पढ्न बानी लगाउने ? यसका केहि काइदा छन् ।
किताब पढेर सुनाउने
सानैदेखि आफ्ना बच्चालाई पुस्तकका कथा पढेर सुनाउनुपर्छ । यसबाट स्वभाविक रुपमा बच्चाहरुको पुस्तकप्रति प्रेम बस्छ । यति मात्र होइन, यसरी कथा सुनाउने गर्दा र बच्चाहरुबीचको सम्वन्ध पनि अझै प्रगाढ र सुमधुर हुन्छ ।
प्रतिदिन करिब २० मिनेट आफ्ना बच्चाहरुसँग बसेर केही पढ्ने प्रयास गर्नुस । यसबाट उनीहरुमा पढ्ने बानीको विकास हुन्छ ।
बुझेर पढ्ने बानी
बच्चाले छिटो छिटो किताब पढ्नु भन्ने मात्र हाम्रो लक्ष्य होइन । उनीहरुले जे पढेका छन्, त्यसलाई राम्ररी बुझुन्, मनन गरुन् र आफ्नो जीवनमा त्यसलाई उतार्ने प्रयास गरुन् ।
यस्ता प्रश्न सोधौं, जस्तैः अब के हुनुपर्छ ? यो पात्रले गरेको काम ठिक छ ? यदि तिमी यसको ठाउँमा भएको भए के गर्थेउ ? आदि । यस्ता प्रश्नबाट तपाईंको बच्चाको कल्पनाशक्ति पनि विकास हुन्छ ।
बच्चाको रोलमोडल बन्ने
बच्चा सानैदेखि पढ्नमा शौखिन छ भने पनि घरमा कुनै रोलमोडलको अनुपस्थितिमा उ कुहिरोको काग बन्न सक्छ । आफु स्वयम् उसको रोलमोडल बन्ने प्रयास गर्नुपर्छ र उसको उपस्थितमा पढ्ने गरौं । हामी आफु पढ्नमा धेरै शौख नहुन सकिन्छ, तैपनि प्रयास गरौ । हामीले पढेको देखेर बच्चामा स्वतः पढ्ने उत्प्रेरणा जागृत हुनेछ ।
भिन्न प्रकारका पुस्तकलाई साथी बनाउने
बच्चाहरु अक्षर पढ्न थाल्छन्, उनीहरुलाई फरक-फरक प्रकृतिका पुस्तकहरु पढ्न दिनुपर्छ । जस्तै अक्षरको ज्ञान दिने पुस्तक, बाल कथा, बाल कबिता, बाल पत्रिका आदि । यसबाट उनीरुको ज्ञानको दायरा फराकिलो हुन्छ ।
खेलैखेलमा पढाई
कयौं खेलहरुको माध्यमल आफ्ना बच्चाहरुलाई पढाईतर्फ आकषिर्त गर्न सकिन्छ ।

Monday, April 17, 2017

पानी खाने सहि समय !

सानो अथवा मध्यम शरीर भएकाले प्रतिदिन तीन लिटर र ठूलो शरीर भएकाले चार लिटर पानी खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । पानी पिउँदा घटघटी नभई सुरुप–सुरुप पिउनुपर्छ । बीच–बीचमा सास लिनुपर्छ । पानी पिउने उपयुक्त समय यी हुन्ः

  • बिहान उठ्नसाथ पानी पिउँदा कब्जियतको प्रभाव न्युन भई दिशा खलास हुन्छ ।
  • खाना खानुभन्दा आधा घण्टाअघि पानी खाएमा पाचन प्रणाली चुस्त र बलियो हुन्छ । खाना खाइसकेपछि पानी पिउने बानी छोड्नुपर्छ ।
  • नुहाउनुअघि पानी पिउने गरेमा रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । उच्च रक्तचाप हुनेहरूले नुहाउनुअघि पानी पिउने बानी आजैदेखि बसाल्नुपर्छ ।
  • सुत्नुअघि पानी पिउनाले हृदयाघातको जोखिम कम हुन्छ । अनिद्राको समस्या छ भने चाहिँ सुत्नुअघि कम पानी पिउनुपर्छ । किनकि, पानी पिउँदा राति पिसाब आई निद्रा बिथोलिन सक्छ ।
  • बिहान उठेपछि मनतातो पानीमा मह र कागतीको रस मिसाई खाँदा समग्र शरीरलाई लाभ मिल्छ ।
  • पानी पिउँदा बिस्तारै सुरुप सुरुप गरेर पिउनुपर्छ । यसो गर्दा शरीरमा अम्ल र क्षारको मात्रा सन्तुलनमा रहन्छ । पानी बिस्तारै पिउनाले शरीरमा बढी मात्रामा क्षार उत्पन्न हुन्छ जसले अम्लको मात्रालाई सन्तुलन गरिदिन्छ ।
  • काक्रा, खरबुजालगायत फलफूलमा प्रशस्त मात्रामा पानी हुन्छ । त्यसैले यस्ता फलफूल खानासाथ पानी पिउनु हुँदैन ।
  • चिया, कफी, दूधजस्ता तातो वस्तु खानासाथ पानी खानु हुँदैन ।
  • व्यायाम गर्दा शरीरबाट पसिना निस्कन्छ, जसले शरीरलाई डिहाइड्रेट गरिदिन्छ । त्यही भएर व्यायामपछि पानी पिउने गर्नु राम्रो हुन्छ ।
  • बाहिर घामबाट हिँडेर अथवा कामबाट फर्किनासाथ पानी पिउनु हुँदैन । केही क्षण आराम गरेर शरीर नर्मलमा आएपछि पानी पिउनुपर्छ ।
  • ज्यादा चिसो अथवा तातो पानी भरसक पिउनु हुँदैन । ज्यादा तातो अथवा चिसो पानी पिउने गरेमा यसलाई औसत तापक्रममा ल्याउन पेटले अतिरिक्त श्रम गर्नुपर्छ ।



Sent by iPhone 6 Plus