Thursday, January 25, 2018

एनआईबिएल क्यापिटलले ल्यायो निशुल्क एसएमएस सेवा

एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले आफना हितग्राही खातावालाहरुलाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । बैंकमा भएको पैसा घटबढको जानकारी एसएमएसबाट उपलब्ध गराएजस्तै गरि सेयर घटबढको जानकारी एसएमएसबाट दिन थालिएको क्यापिटलले जनाएको छ ।

एसएमएस सेवाबाट सेयरधनी तथा हीतग्राही खातावालाहरुले आफ्नो शेयर कारोबार गर्दा प्रत्येक कारोबारको राफसाफ पश्चात डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने छन् । क्यापिटलले एक लाख १४ हजार ९ सय जनालाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।

Monday, January 22, 2018

यी हुन् टप फाइभ ब्रोकर, अनलाइन सेक्युरिटिज एक्लैले गर्‍यो १० अर्बभन्दा धेरैको शेयर किनबेच

काठमाडौं। अनलाइन सेक्युरिटिज (ब्रोकर नं ४९) एक्लैले गत आर्थिक वर्षमा १० अर्ब ९८ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार गर्‍यो। यो रकम दोस्रो बजारमा शेयर कारोबार गराउने ७ वटा कम्पनीको कूल कारोबार रकमभन्दा पनि धेरै हो। नेप्सेले अनलाइन सेक्युरिटिजलाई धेरै कारोबार गर्ने दलाल कम्पनीका रुपमा पुरस्कृत पनि गरेको छ।

नेप्सेमा गत आर्थिक वर्षमा १ खर्ब ९४ अर्ब रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको थियो। त्यसको ५ प्रतिशत हिस्सा अनलाइन सेक्युरिटिजले ओगटेको देखिन्छ। 

नेप्सेमा गत आर्थिक वर्षमा एबिसी सेक्युरिटिजले ८ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार गरेको छ। यस्‍तै धेरै कारोबार गर्ने कम्पनीको सूचीमा तेस्रो नम्बरमा रहेको इम्पेरियल सेक्युरिटिजले ७ अर्ब ४१ करोड रुपैयाँको शेयर कारोबार गरेको छ। भिजन सेक्युरिटिजले ७ अर्ब ४० करोड र नासा सेक्युरिटिजले ७ अर्ब ३९ करोड रुपैयाँको शेयर कारोबार गरेको नेप्सेले जनाएको छ।

धेरै कारोबार गर्ने ५ दलाल कम्पनीरकम (रु)कम कारोबार गर्ने ५ दलाल कम्पनीरकम (रु)
अनलार्इन सेक्युरिटिज10,98,18,41,510अरुण सक्यरिटिज60,10,91,627
एविसि सेक्युरिटिज8,64,54,81,969ओपल सेक्युरिटिज1,08,17,39,102
इम्पेरियल सेक्यरिटिज7,41,52,16,246सगरमाथा सेक्यरिटिज1,12,43,67,787
भिजन सेक्युरिटिज7,40,80,66,583कालिका सेक्युरिटिज1,67,76,87,233
नासा सक्यरिटिज7,39,84,28,250सिप्ला सेक्युरिटिज1,81,34,07,868

गत आर्थिक वर्षमा सबै‍भन्दा कम कारोबार गर्ने ब्रोकर कम्पनीमा अरुण सेक्युरिटिज रहेको छ। केहि वर्ष अघि यस ब्रोकरले सर्वसधारणको शेयर किनबेच नगरेको भन्दै उजुरी परेपछि नेप्से तथा धितोपत्र बोर्डले अनुगमन गरेको थियो। अनुगमन गर्दा यस ब्रोकरले आफ्नो परिवार तथा नजिकका व्यक्तिको मात्र कारोबार गरेको पाएको थियो। त्यसपछि नेप्सेले सबैको पहुँचमा रहेर कारोबार गर्न निर्देशन दिएको थियो।

अहिले नेप्सेमा सर्वसाधारणको शेयर कारोबार नगरेको भन्दै उजुरी नपरे पनि केहि ब्रोकर कम्पनी निष्कृय अवस्थामा रहेको उनीहरुले गरेको कारोबारबाट पुष्टि हुन्छ। "सबै ब्रोकरको साधन स्रोत नपुगेको हुन सक्छ, त्यसैले ब्रोकर एसोसियसनमार्फत सबैलार्इ आफ्नो साधन स्रोत बलियो बनाउनुहोस भनेर निर्देशन दिएका छौँ," नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले भने।  उनले कारोबारको दायरा बढाउन र धेरै भन्दा धेरै लगानीकर्तालाई समावेश गर्न निर्देशन दिइएको जानकारी पनि दिए।

'सेयर ब्रोकिङ पनि बिजनेशन नै हो। यसमा हामीले फोर्स गर्नेभन्दा पनि उनीहरु आफैँले स्रोत साधन जुटाएर मार्केटिङ गर्नुपर्छ,' उनले भने, 'लगानीकर्तामा पुग्नु पर्‍यो, राम्रो सेवा दिनु पर्‍यो। त्यसपछि कारोबार त बढिहाल्छ।' नेप्सेले ब्रोकर कम्पनी र उनीहरुको नियमित अनुगमन गर्ने पनि साउदले जानकारी दिए। 

Tuesday, January 16, 2018

‘घरजग्गाको साथी’ मार्फत घरजग्गाको कारोबार गर्दा सेवा शुल्क ०.५ प्रतिशत

घरजग्गाको कारोबार गर्दा आधारविहिन विभिन्न व्यक्ति, समुहमा भर पर्दा आइपर्ने विभिन्न झन्झटको अब अन्त्य हुने भएको छ । घर तथा जग्गा किन्न, बेच्न र भाडामा लिन–दिनको लागि अब संस्थागत रूपमै ‘घर जग्गाको साथी’ मार्फत कारोबार गर्न सकिने भएको हो ।

राजधानीको दरवारमार्गमा रहेको हाइल्याण्ड प्रोपर्टिजले ‘घरजग्गाको साथी’ ब्राण्डबाट आफ्नो सेवा सुरू गरेको हो । घरजग्गाको साथीमार्फत अब घर तथा जग्गा धनीले आफ्नो सम्पति बेच्न तथा किन्न चाहानेले संस्थागत रूपमा सरल र पारदर्शी सेवा पाउने भएका छन् । भाडामा लिन र दिन चाहनेले पनि यो सेवा पाउने छन् ।
घरजग्गाको साथीले कारोबारको ०.५ प्रतिशतको सेवा शुल्कमा आफ्नो सेवा दिने घोषणा गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक भवि शर्माले भन्ने, ‘हामीले घरजग्गा कारोबारको क्षेत्रमा देखिएका विकृती विसंगति हटाउन यो अभियान सुरू गरेका हौँ । किन्ने र बेच्ने दुवैतिर मनलाग्दो कमिशन खाने, जग्गा बैना गर्ने अनि तोकिएको समयमा पास नगर्ने जस्ता समस्या छन् '।
‘हामीले अहिले बजारमा भएका सबै विकृती र अविश्वास हटोस् र किन्न–बेच्न संस्थागत मध्यस्थकर्ताको माध्यमबाट निर्धक्क भएर कारोबार गर्न सक्नुका साथै कम्पनीले घर तथा जग्गासम्बन्धी कानुनी परामर्श, घरको इञ्जिनियरिङ डिजाइन, आर्किटेक्चरल डिजाइन, ठेकेदार, वास्तुसहित घरजग्गा सम्बन्धी आवश्यक परामर्श दिनेछौ ।’ शर्माले भने ।
सबै प्रक्रियाबाट ग्राहकहरूलाई सुरक्षित बनाई एकै ठाउँबाट सबै किसिमका सेवाहरू उपलब्ध गराउने घरजग्गाको साथी नेपालकै पहिलो कम्पनी हो । यस किसिमको सेवामा सामान्य रूपमा कारोबारको ०.५ प्रतिशत सेवा शुल्कमै रहेर अत्याधिक सेवा दिने कम्पनीको भनाई छ ।
हाइल्याण्ड प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट कम्पनीको एउटा ब्राण्ड ‘घरजग्गाको साथी’ भए पनि यो कम्पनी आफैमा इन्भेष्टमेन्ट कम्पनी भएको र विविध क्षेत्रमा लगानी गर्दै आएको छ । कम्पनीले अहिले आएर घरजग्गामा पनि लगानी विस्तार गरिरहेको छ ।

Monday, January 15, 2018

how to cancel aol account?

We're sorry to lose you as an AOL member. Your cancellation is effective today. We would love to welcome you back to AOL when you're ready. Feel free to check out other AOL membership options at plans.aol.com.

You are about to cancel your AOL membership

Before you go, please note that you will be losing the following benefits:
  • Assist by AOL Free Scan
  • Photobucket by AOL 13GB
  • AOL Mail
  • AOL App
  • AOL Shield
  • Autoblog
  • Kanvas
  • AOL Mobile
  • AOL On
  • Games.com
  • MapQuest Discover
  • AOL Jobs
  • Moviefone