Friday, February 16, 2018

*****जसले सेयर बजारबाट २० बर्षमा हजारलाई ११ अर्ब बनाए


भनिन्छ, जीबन सिधा रेखामा हिड्दैन । शेयर बजार पनि जीवनकै अङ्ग हो । नेपाली पूँजी बजारको कुरा गर्दा करिब २० लाख लगानीकर्ताका जीवनको एक हिस्सा बनेको छ, पूँजी बजारको यही बक्र वा ‘सस्टेनेबल’ रेखा ।
जसरी जीवनमा सुख, दुःख, सजिला र अप्ठ्यारा दिनहरु आउछन्, त्यस्तै अवस्था पूँजी बजारमा पनि आउछ । बढ्नु र घट्नु वा बुल ट्रेण्डमा उक्लिनु र वियर ट्रेण्डमा झर्नु एब जीवन्त शेयर बजारको चरित्र हो ।
नेपालको शेयर बजार विगतका केहि महिनामा बढेर आफ्नो उच्चतम बिन्दुमा पुग्यो । र, स्वभाविक रुममा बढेपछि घट्नु पर्ने नियमको अनुसरण गर्दै अहिले झरिरहेको छ ।
जीवनमा सुखका बेला जोहो गर्नुपर्छ । र, दुःखका बेला त्यसको होशियारीपूर्वक उपभोग गर्नुपर्छ । त्यसरी नै घट्दो बजारमा किन्दै जानुपर्छ र बढ्दो बजारमा बेच्दै जानुपर्छ । तर आफुले खरिद गर्ने कम्पनीको वित्तीय अवस्था र आफ्नो जोखिम लिन सक्ने क्षमताको भने हेक्का राख्नुपर्छ ।
यो आधारभूत सिद्धान्त नै शेयर बजारबाट उच्चतम लाभ लिने अचुक उपाय हो । वारेन वफेट, राकेश झुनझुनवाला, विजय केडियालगायत लगानीकर्ताको सफलताको सूत्र पनि यही नै हो । अहिले धेरै मान्छेले उनीहरुको सफलताको कथा पढेका छन् । वा भनौं पैसा कमाएको देखेका छन् । तर उनीहरुको सफलताको पछाडी शेयर बजारमा कयौं उतारचढावहरुका बारेमा धेरैले ध्यान नदिएको पनि हुन सक्छ । उनीहरु एकोहोरो बुल वा बढ्दो बजारबाट सम्पति थुपारेका मान्छे होइनन् ।
आज तपाइलाई हामी यी बाहेकका एक सफल सेयर लगानीकर्ताको कथा सुनाउदै छौं । भारतमा यस्तै एक व्यक्ति छन्, जो शेयर बजारको तिब्र उतारचढावहरुको साक्षी बनेका छन् । बढ्दा मात्तिएनन्, घट्दा बेचेर भागेनन् । आफ्नो भाग्य बन्दै गएको पनि देखे । र, त्यो ‘भाग्य’ बालुवाको महल जस्तै क्षणभरमा विलिन भएको पनि देखे । छानेर किने, अडेर बसे । ती ब्यक्ति हुन् रामदेव अग्रवाल ।
शून्यबाट हजार करोडको रोमान्चकारी यात्रा तय गर्ने व्यक्ति हुन रामदेव अग्रवाल ।
उनी सन् १९८७ मा विद्यार्थीको रुपमा सहर पसेका थिए । गोजी खाली थियो । तर जोश, हिम्मत र आत्मविश्वासले भरिपूर्ण थिए । शेयरको बारेमा थोरै ज्ञान थियो ।
केहि हजार यताउताबाट खोजेर खेलाउदा खेदाउदै तीन वर्षमा अर्थात सन् १९९० तिर उनले १०/१२ लाख रुपैयाँ जति कमाउन भ्याइसकेका थिए ।
त्यसपछि त्यो पैसाले भारतीय शेयर बजारको (बिएसएल) लाइसेन्स लिए । र, फेरि शून्यमा झरे ।
उनमा लगानीको ‘भूत सबार’ भैसकेको थियो । आफूसँग भएको पैसा सकिए पनि हिम्मत र आँट सकिएको थिएन । त्यसैले उनले फेरि ५ लाख रुपैयाँ खोजेर लगानी गरे । अनि शुरु भयो भारतीय शेयर बजरमा बुल रन । जसलाई हर्सद मेहता बुल रन भनेर आजसम्म चिनिन्छ ।
त्यो एउटा सुनामी वा तुफानको रुपमा आयो । र, रामदेवको ५ लाखलाई ३० करोड बनाइदियो । रामदेव रातारात करोडपति बने । तर त्यो सुनामी १९९२ मा सकियो । र, सुनामीको उछालमा तैरिरहेका रामदेव किनारामा पुगेर बेस्सरी पछारिए । उनको ३० करोडको सम्पत्ति १० कारोडमा खुम्चियो ।
त्यसपछि उनले सौभाग्यवस शेयर बजारका बादशाह वारेन बफेटसँग भेट्ने मौका पाए । र, उनको सल्लाह बमोजिम आफ्नो पोर्टफोलियोलाई सुधारे । २ सय ५० वटा राम्रा नराम्रा कम्पनी भएको पोर्टफोलियोलाई राम्रा १५ वटा कम्पनीमा झारे । र, त्यसपछिको सानो बुलमा उनको पोर्टफोलियो फेरि दुई गुणा भयो ।
सन् २००१ ताका फेरि भारतमा टेक कम्पनीको बुल आयो । र, उनको पोर्टफोलियोमा भएका टेक कम्पनीहरु भ्यागुतो झैं उफ्र्न थाले । उनी एकाएक सय करोड अर्थात १ अर्बको मालिक बने । तर सन् २००३ मा फेरि उनको सय करोड घटेर १० करोडमा सिमित भयो । र, फेरि त्यो १० कारोड २००७ सम्ममा ११ अर्ब भयो ।
यस्तो रोमाञ्चकारी यात्रा गरेका रामदेव अहिले तुफानी समुन्द्रमा पौडिने सार्क माछा जस्ता भएका छन् । अनुभवले खारिएका छन् । र, अनुभवका आधारमा नयाँ लगानीकर्ताहरुलाई सल्लाह सुझाव दिन्छन् ।
उनले दिने प्रमुख दुई सूत्र हुनः
१) लगानी गर्नुहोस् कारोबार हैनः अर्थात लामो समयका लागि राम्रो कम्पनी छान्नुस । यसो गर्दा बजारको स्वभाविक उतारचढावको बारे चिन्ता लिनु पर्दैन । बजार घट्दा कम्पनीले लाभांश दिन्छ र बजार बढ्दा कम्पनी र बजार दुबैले नाफा दिन्छ ।
२) धैर्य गर्नुस्, गुणात्मक वृद्धिमा विश्वास गर्नुहोसः धैर्य गरेर राम्रो कम्पनीमा अडे सम्पती जोडिने मात्र नभई गुणात्मक फड्को मार्छ भन्ने उनको विश्वास छ । उनी भन्छन् १० वर्षमा १० गुणा, २० वर्षमा सय गुणा र ३० वर्षमा हजार गुणा सम्पत्ती वृद्धि गराउने क्षमता शेयर बजारमा छ । जो उनले प्रमाणित पनि गरेका छन् ।
#क्लिकमान्डु

Monday, February 12, 2018

💑💑गृहिणीको पहुँचमा सेयर बजार💑💑


नेपालको सेयर बजारमा कस्तो–कस्तो आयआर्जन भएका व्यक्ति तथा परिवारले सेयरमा लगानी गर्न सकिन्छ र सेयरमा लगानी गर्नु फाइदा वा घाटाको अवस्था कस्तो छ ? सेयरमा लगानी गर्दा कस्ता–कस्ता जोखिम छन् वा छैनन् जान्न अब गाह्रो छैन । यहाँ थोरै भन्दा थोरै आम्दानी हुने र वचतमा रुचि हुने महिला तथा परिवारले पनि सेयर बजारमा लगानी गर्ने अवसर दिनदिनै बढिरहेको छ । सेयर विश्लेषक सन्दिपविक्रम राणाले सेयरमा लगानीको अवस्था, संभावना एवं मनोविज्ञान बारे चर्चा गरेका छन् ।
सेयर भनेको पैसालाई काम लगाउने हो यसमा आफैँ भौतिक (फिजिकल्ली) रूपमा मिहिनेत गर्नु पर्दैन । सेयरमा लगानी गर्नु भनेको आफूले लगानी गरेको आधारमा कम्पनीको मालिक हुनु हो । कुनै कम्पनीको एक सेयर किन्यो भने हामी एक सेयरको मालिक हुन्छौं । सेयर किन्नु भनेको आफूले लगानी गरेका आधारमा सो कम्पनीको मालिक हुनु हो । सेयर मार्केटका बारेमा भोलि राम्रो हुन्छ भनेर सेयर किन्नुअघि बुझ्नु भने अवश्य पर्छ । आफूले लगानी गरेको कम्पनी फाइदामा गयो वा राम्रो भयो भने आफूलाई पनि फाइदा हुन्छ । र आफूले सेयर हालेको कम्पनी घाटामा गए । आफ्नो लगानी पनि घाटामा जान्छ वा आफ्नो पैसा पनि डुब्न सक्छ । सेयर, कम्पनीको नाफा र घाटासँग सम्बन्धित हुन्छ ।
***थोरै पुँजी भएकाले प्राथमिक सेयरमा लगानी गर्न सकिन्छ
सेयर मार्केट सानो पुँजी वा ठूलो पुँजी सबैका लागि हो । सेयरमा नेपालमा एक हजारभन्दा माथि लगानी गर्न सकिन्छ । आजभन्दा २५ वर्षअघि नबिल बैंकमा एक हजार रकमको १० कित्ता सेयर किनेर लगानी गर्ने एकजना व्यक्ति आज बीस लाख रुपैयाँको मालिक भइसकेका छन् । २५ वर्ष अगाडि एक हजारको लगानी गरेर आज बीस लाखको मालिक हुनु पनि सामान्य होइन । हामी एक हजारभन्दा माथि सेयरमा लगानी गर्न सक्छौँ । थोरै पुँजी भएकाले प्राथमिक सेयर किन्न सकिन्छ । थोरै पैसाले घर जग्गामा लगानी गर्न सकिँदैन । बैंकको ब्याज पनि धेरै हुँदैन । त्यसैले थोरै पैसा हुनेले प्राथमिक सेयरमा एक हजारदेखि ४÷५ हजार लगानी गरे पनि पुग्ने भएकाले सानो पुँजी हुनेले सकभर प्राथमिक सेयर छोड्नु हँुदैन । कम्पनीले नयाँनयाँ प्राथमिक सेयर खोल्ने भएकाले राम्रो कम्पनीको सेयर थोरैथोरै पैसामा पनि सेयर किन्नु राम्रोे हुन्छ । जुन १० कित्ता किन्न सकिन्छ । प्राथमिक सेयरमा थोरै पैसा लगानी गर्दा खासै जोखिम नहुने भएकाले बैंकमा पैसा राख्नुभन्दा फाइदा नै हुन्छ । नयाँनयाँ कम्पनीको सेयर खुलिरहन्छ ।
प्राथमिक सेयर भनेको नयाँनयाँ कम्पनीले पहिलोपटक बेचेको सेयर हो । इनिसियल पब्लिक अफरिङ (आईपीओ) भनेको प्राथमिक सेयर हो । यसमा जोखिम कम हुने भएकाले महिला तथा बालबालिकाले पनि यसमा थोरैथोरै पैसा लगानी गर्न सकिन्छ । निम्न आयआर्जन भएकाले पनि प्राथमिक सेयरमा लगानी गर्नु फाइदाजनक नै हुन्छ । प्राथमिक सेयरमा घाटा हुने जोखिम कम हुन्छ । प्राथमिक सेयरमा न्यूनतम १० कित्ता सेयर किन्न सकिन्छ । अर्को दोस्रो बजार भनेको कसैले किनेर परिसकेको सेयरको बिक्री गर्छन् र दोस्रो बजारमा पनि न्यूनतम १० कित्तासम्मको सेयर किन्न सकिन्छ । राम्रोराम्रो कम्पनीको दोस्रो सेयर (सेकेन्डरी मार्केटको सेयर) किन्नु पनि राम्रै हुन्छ । थोरै वा निम्न आय भएकाले प्राथमिक र थोरै मात्रामा सेकेण्डरी मार्केटको सेयर पनि किन्न सकिन्छ । सेकेन्डरी सेयरमा बजारको मार्केट वा कम्पनीको बजार मूल्यअनुसार नै मूल्य हुन्छ । नेपालमा अहिले प्राइमरी र सेकेन्डरी दुवैमा न्यूनतम १०÷१० कित्ता सेयर किन्न सकिन्छ । एक कित्ताबराबर सय रुपैयाँ पर्छ र १० कित्ता प्राइमरी सेयरको एक हजारमा किन्न सकिन्छ ।
स्कुलमा खाजा खाने पैसाले पनि सेयरमा लगानी गर्न सकिन्छ। सेयरमा थोरै लगानी गर्दा पनि भविष्यमा कम्पनी फाइदामा गएमा सेयरमा फाइदा हुन्छ । बालबच्चाले समेत सेयरमा लगानी गर्न सक्छन् । स्कुले विद्यार्थीले समेत खुत्रुकेमा जम्मा गरेर पनि सेयरमा लगानी गर्न सक्छन् । दसैं तिहारलगायतका चाडपर्वमा जम्मा भएको थोरैथोरै पैसा बालबच्चाले बचाएर सेयरमा लगानी गर्न सकिन्छ तर बचत गर्ने बानी बसाल्नुुपर्छ । स्कुलमा खाजा खान लगेको पैसा पनि अलिकति बचाएर सेयरमा लगानी गर्न सकिन्छ ।
बच्चाको भविष्य कसरी सुन्दर बनाउने भन्ने अभिभावकका लागि चिन्तनकोे विषय हो । बच्चा जन्मिएदेखि नै अभिभावकले बालबालिकाकै नाममा अभिभावक संरक्षक भएर थोरैथोरै भए पनि उनीहरुको भविष्यका लागि सेयर किनिदिनु पर्छ । त्यही सेयरमा लगानी गरेको पैसाले भविष्यमा उच्च शिक्षाका लागि सहयोग गर्छ । बालबालिकाको नाममा अभिभावकले सेयर किनिदिने बानी बसाल्नुपर्छ ।
***सेयरमा लगानी गर्दा २/४ वर्षमा दोब्बर फाइदा हुन्छ
बैंकमा भन्दा सेयरमा लगानी गरेर प्रगति गरेको धेरै उदाहरण छन् । बैंकमा पैसा राख्नुभन्दा सानोसानो रकम सेयरमा लगानी गर्दा कयौं गुणा फाइदा भएको छ । सेयरमा लगानी गर्दा प्रायः २/४ वर्षमा दोब्बर फाइदा भएको धेरै उदाहरण छन् । आइपियूमा आएका सेयर एक सयभन्दा कमका कुनै पनि छैनन् । एक सयभन्दा तल सेयरको भाउ (प्राइज) नै छैन । त्यसैले आज ५ वर्षको बच्चालाई एक हजारको सेयर किनिदिँदा ३/३ वर्षपछि दोब्बरतेब्बर हुन सक्छ तर आफूले लगानी गरेको कम्पनी भने राम्रो हुनुपर्छ ।
***सेयर बजार देशको अर्थतन्त्रको ऐना हो
राजनीतिक र आर्थिक अवस्थामा भएको परिवर्तनले सेयर बजारमा पनि तुरुन्तै असर गर्छ । नेपालमा पहिलाभन्दा राजनीतिक तथा आर्थिक अवस्था पनि सुध्रिँदै गएको छ । नेपालमा पछिल्लोे समय सेयर बजार बढिरहेको छ ।
सेयर बजार भनेको कुनै पनि देशको अर्थतन्त्रको ऐना हो । हाम्रो देशको राजनीतिक तथा आर्थिक अवस्थामा सुधार भएसँगै हाम्रो सेयर मार्केटको पनि वृद्धि भइरहेको छ । त्यसैले राजनीतिक स्थायित्व भइरहेकाले देशको आर्थिक अवस्था पनि सुदृढ हुँदै गएको छ । नेपालमा सम्भावना धेरै भएकाले पनि सेयर मार्केटको भविष्य राम्रो हुँदै गएको छ ।
सेयर मार्केट भन्नेबित्तिकै धेरैवटा कम्पनीको सूची हुन्छ । तिनीहरुले अर्थतन्त्रमा कुनै न कुनै मूल्य सिर्जना गरेका हुन्छन् । जब यस्ता कम्पनी आर्थिक फाइदामा जान्छन् यस्ता कम्पनीको वृद्धि विकास हुनु भनेको समग्रमा सेयर बजारको वृद्धि विकास हुनु हो ।
सेयर बजारको वृद्धि हुनु भनेको अर्थतन्त्रमा पनि सुधार हुँदैछ भन्ने संकेत हो । कुनै पनि देशको अर्थतन्त्र बलियो हुनु भनेको बैंकलगायतका कम्पनीको आर्थिक अवस्था बलियो हुनु हो । त्यो बलियो हुनेबित्तिकै सेयर बजारमा पनि आर्थिक वृद्धि हुन्छ र सेयर बजारमा पनि वृद्धि हुनु भनेको समग्र देशको आर्थिक अवस्था राम्रो हुनु हो ।
***भान्छाकोे रकमबाट सेयरमा लगानी गर्दा लाखौं आम्दानी
हाम्रोमा महिलाले घरायसी काम गर्ने चलन छ । उनीहरुमा शिक्षा पनि छ तर धेरैले घरमा बालबच्चा सुसारेर बस्नुपर्ने हुन्छ । घरको काम गरेर, बालबच्चा हेरचाह गरेर पनि दैनिक सेयरमा ३ घण्टा सेयरमा काम गरेर जागिर गरेसरह नै कमाइ गर्न सकिन्छ । भान्छाका लागि छुट्याएको रकमबाट पनि सेयरमा लगानी गर्न सकिन्छ । सानो रकम भए पनि जम्मा गरेर सेयरमा लगानी गर्दा फाइदा नै हुन्छ । महिलामा फजुल खर्च गर्ने बानी छ भने त्यसलाई कम गरेर अनावश्यक खर्च नगरी केही सानो रकम बचाएर सेयरमा लगानी गर्दा राम्रै आर्जन गर्न सकिन्छ । भाडामा बस्ने परिवारको सीमित आम्दानी छ भने पनि एक हजारको प्राथमिक सेयरमा लगानी गर्दा पनि बिस्तारै नाफा हुँदै जान्छ । र सो परेको सेयरबाट बिस्तारै दोस्रो बजारको सेयर खरिद गरेर आम्दानी गर्न सकिन्छ । अत्यन्तै कम आयआर्जन भएका खानै नपुग्ने परिवार छन् भने पनि भान्छा लगायतको खर्च कटाएर प्राथमिक सेयर खरिद गरेर सेयर बजारमा प्रवेश गर्न सकिन्छ । त्यसो गर्दा एक हजारको लगानी गरेर पनि बिस्तारै सेयर बजारमा लाखौं आम्दानीसमेत गर्न सकिन्छ ।
***पैसा भएका परिवारले सेयरमा लगानी गर्न सकिन्छ
ठूलो पैसा भएका परिवारले पनि पैसालाई डाइभर्सिफाई गर्न सक्छन् । केही पैसा सुन–चाँदी, घर–जग्गा, बैंंक, इन्सुरेन्समा लगानी गर्नुका साथै केही रकम राम्रो कम्पनी बुझेर सेयर बजारमा लगानी गर्नु पनि राम्रो हुन्छ । धेरै क्षेत्रमा लगानी गर्दा पैसाको जोखिम कम हुन्छ र सेयरमा लगानी गर्नु पनि राम्रै हुन्छ ।
***सेयरमा लगानी गर्दा रकम सुरक्षित
सहकारीको कुरै गर्दिन जुन क्षेत्र बैंकिङ क्षेत्रभन्दा अहिले पनि जोखिममा छ । बैंकलाई राष्ट्रबैंकले अहिले कडा निगरानी गरेको छ । तर सहकारीमा जोखिम लिने जनशक्ति छैन । तर सबै सहकारी खराब पनि छैनन्, कयौं सहकारी राम्रा पनि छन् । निम्न आयस्तर भएकालाई सहकारीले उकासेका पनि छन् । सहरी क्षेत्रको तुलनामा गाउँमा र ग्रामीण क्षेत्रका सहकारीले राम्रो काम गरेका उदाहरण पनि छन् । गाउँघर भन्दा पनि सहरबजारमा खुलेका सहकारीको कुरा गर्नुपर्दा सहकारीले ब्याज दिन्छन् भनेर लोभमा पर्नु हुँदैन । सबैभन्दा पहिले त आफ्नो पैसा सुरक्षित छ वा छैन भन्ने ख्याल गर्नु आवश्यक छ । राष्ट्रबैंकले बैंकलाई नियमन (रेगुलेट) गर्छ । बैंकिङ क्षेत्र सुरक्षित छन् । त्यसमा कुनै शंका छैन । बैंकमा छिसिक्क केही हुने बित्तिकै राष्ट्रबैंकले तुरुन्त कार्य गरिहाल्छ । तर सहकारीमा त्यस्तो छैन । सहकारी डेफिनेट्ली जोखिममा छन् ।
***सेयर बजारमा जोखिम पनि छन्
सेयर बजारमा दुई प्रकारका जोखिम हुन सक्छन् । एउटा सेल्फ क्रिएटेड जोखिम अर्थात लापरबाहीले हुने जोखिम र अर्को मार्केट जोखिम हो । जसरी बैंक र बित्तीय क्षेत्रलाई राष्ट्रबैंकले नियमन गरेको छ । त्यसैगरी सेयर बजारलाई पनि धितोपत्र बोर्डले नियमन गरेको छ । नेपालमा आज सेयर बजार सुरक्षित छ । जोखिम छैन । धितोपत्र बोर्डले सेयर बजारलाई निगरानी गर्ने भएकाले जोखिमको खतरा हुने सम्भावना सेयर बजारमा कम छ । सेयरमा लगानी गर्नेले आफूले लगानी गरेको रकम कसैले खाइदेला भन्ने सम्भावना नेपालमा देखिँदैन । तर मार्केट बुझेर मात्रै लगानी गर्नुपर्छ । बजार घटबढ भयो भने त्यसमा घाटा वा नाफा हुन सक्छ । त्यो बुझ्नु पर्छ । धितोपत्र बोर्डले कुनै पनि कम्पनीले सेयर खुलाउनुपूर्व लगानीकर्तालाई जोखिम हुन्छ हुँदैन भनेर प्रारम्भिक अध्ययन गरेर मात्रै कम्पनीलाई सेयर खुलाउन अनुमति दिन्छ । त्यसैले सहकारीमा देखिएको जस्तो सेयर बजारमा कोही व्यक्तिले कीर्ते गर्ने सम्भावना अत्यन्तै कम छ । कीर्ते गर्ने जोखिम र बजारको जोखिम गरेर दुई प्रकारका जोखिम हुन्छन् सेयर बजारमा ।
***बुढेसकालमा आफ्ना बालबच्चाले पालेनन् भने सेयरले पाल्छ
अभिभावकले आफ्ना बालबच्चालाई हुर्काउन, बढाउन र पढाउन धेरे खर्च गर्छन् तर सम्पत्ति सकिएको खण्डमा बुढेसकालमा तिनै बालबच्चाले आफ्ना अभिभावकलाई नहेर्ने प्रवृत्ति पनि त्यत्तिकै छ । बुढेसकालमा वृद्धाश्रम खोज्नुपर्ने बाध्यता कसैकसैमा हुन सक्छ । तर आफू आर्थिकरूपमा सबल भएको खण्डमा बालबच्चाले पनि त्यही पैसाको लोभले हेर्न पनि सक्छन् । सेयरमा लगानी गरेको छ भने बुढेसकालमा आफ्ना बालबच्चाले पालेनन् भने पनि सेयरले पाल्छ । आर्थिकरूपमा आफू सक्षम भए, आफ्ना बालबच्चाले पालेनन् भने पनि सेयरबाट आएको आम्दानीले आफू जिउन सहज हुन्छ । बुढेसकालमा सेयरमा लगानी गरेर कारोबार गर्न पनि सकिन्छ । जसले गर्दा बुढेसकालको शरीर पनि स्वस्थ हुन सक्छ । आर्थिक रूपमा पनि सबल भइन्छ । जति बस्यो त्यति शरीरलाई रोगले च्याप्ने सम्भावना भएकाले पनि सेयरमा कारोबार गरेर शरीरलाई सधैँ स्वस्थ राख्नु राम्रो हो । जति चाँडै पैसालाई काममा लगाउँछौं त्यसले अवकाश जीवनमा (त्यससमयमा) त्यही पैसाले पाल्छ भनिन्छ।
***सेयर खुलेको थाहा पाउने तरिका छन्
सेयर संसार डटकमबाट तथा विभिन्न मिडियाबाट पनि सेयर खुलेको थाहा पाउन सकिन्छ । सूचना आजको दुनियाँमा ठूलो कुरा हो, त्यसैले इन्टरनेटलगायतका माध्यमबाट पनि सेयर खुलेको बारेमा जानकारी लिन सकिन्छ ।
***सेयर कारोबार गर्ने तरिका
धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट लाइसेन्स लिएका ५० वटा स्टक ब्रोकरबाट कारोबार गर्न सक्छौं । धितोपत्रबोर्ड र नेप्सेबाट लाइसेन्स प्राप्त ५० वटा धितोपत्र कम्पनी (दलाल) छन् । र तिनीहरुबाटै सेयरको कारोबार गर्न सकिन्छ ।
***ग्रामीण क्षेत्रको स—सानो रकम सेयरमा लगानी गर्न सकिन्छ
मानिसले सहरमा आएर थोरै पैसाको सेयर किन्न सम्भव छैन । त्यो आफँैमा खर्चिलो पनि हुन्छ । नेपालको सेयरबजार रिङरोडभित्र सीमित छ । काठमाडौंका मानिसले सेयर किन्न सहजै पाउन सक्छन् तर जुम्लाजस्ता दुर्गम क्षेत्रका मानिसले सेयर किन्ने पहुँच पाउँदैनन् । यो दुःखद कुरा हो । सबै ग्रामीण भेगका जनतामा सहजरूपमा सेयरको खरिदबिक्रीको पहुँच हुनु राम्रो हो । त्यसैले सबै ग्रामीण क्षेत्रका जनताले पनि सहजरूपमा सेयरको पहुँच हुनका लागि स्थानीय तहमै बैंकको स्थापना हुनुपर्छ । त्यति मात्रै होइन क्षेत्र तथा स्थानीय स्तरमा सेयरको खरिद बिक्रीका लागि आवश्यक पूर्वाधारको समेत विकास हुन आवश्यक छ । ग्रामीण क्षेत्रको आर्थिक अवस्था बलियो हुनु भनेको राष्ट्रको अर्थतन्त्र बलियो हुनु हो । त्यसैले पनि नेपालको सहरी क्षेत्रको मात्रै होइन ग्रामीण क्षेत्रमा समेत सानोसानो रकम जम्मा गरेर सेयरमा लगानी गर्न सकेको खण्डमा उनीहरुको आर्थिक अवस्था पनि मजबुत हुन सक्थ्यो र राष्ट्रलाई पनि फाइदा हुन्थ्यो ।
***नेपालमा सेयर बजारको भविष्य
समग्रमा नेपाल केही नभएको देखिँदा पनि केही भइरहेको देश हो । हाम्रो अर्थतन्त्रको वृद्धि भइरहेकाले सेयर बजारको भविष्य पनि राम्रो छ । सेयर बजारलाई चाहिने स्ट्रक्चरको समेत विकास हुँदै गएको छ । त्यसैले पनि नेपालमा सेयरको भविष्य राम्रो छ ।
***नेपालमा सेयर कारोबारको अवस्था
नेपालमा वि.सं. २०५० माघ ३० बाट नेपाल स्टक एक्सचेन्जको स्थापनासँगै नेपालमा सेयरको औपचारिक कारोबारको सुरुवात हुन थालेको हो । तर नेप्सेको स्थापना हुनुपूर्व नै नेपाल बैंक र विराटनगर जुटमिलले सेयर बेचेको इतिहास पाइन्छ । हाम्रो सेयर बजार भर्खरै विकास हुन लागेको बजार हो । दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानको तुलनामा हामी भर्खरै विकासतिर उदाएका मात्र छौंं ।
सेयर बजारले राष्ट्रको अर्थतन्त्रलाई खस्काउँदैन बरु उकास्छ । राजनीतिकर्मीले पनि यसलाई बुझ्न जरुरी छ । राजनीतिकर्मीले पनि सेयर बजारलाई प्राथमिकता दिएको देखिँदैन । सेयर बजार भनेको पुँजी सिर्जना गर्ने हो । नेपालमा करिब १५ लाख जना सेयरमा लगानी गर्ने लगानी कर्ता छन् । तर सक्रिय भने करिब २ लाख जना मात्र छन् । हालको बजारको मार्केट १७ खर्बको बजार पुँजीकरण छ । अर्थात बजारको साइज १७ खर्बको छ । नेपालमा दैनिक औसतमा करिब ६० हजारको सेयरको कारोबार हुन्छ। उपेन्द्र खड्कासँगको कुराकानीमा आधारित ।
#नागरिक दैनिक
(पोस्टहरु सेयर, लाइक, कमेन्ट गर्नुहोस जस्ले गर्दा सेयर सम्बन्धी जान्न इच्छुक अरुले नि सिक्न पाउँछन् भने हामिलाइ प्रोत्साहन हुनेछ ।"ज्ञान जति बाढ्यो त्यति बढ्छ" त्यो हाम्रो सिद्धान्त हो ।पेज भ्रमण गर्दै गर्नुहोला । धन्यबाद )

Sunday, February 4, 2018

सी–आस्वा अनिवार्य भनेपछि धेरै परे अन्योलमा, नआत्तिनुस्, यस्तो छ वास्तविकता

सेयर बजारका लगानीकर्तामा यतिबेला आस्वा र सी–आस्वाको सम्बन्धमा अन्योलता निकै बढेको देखिन्छ । सी–आस्वा कार्यान्वयन भएपछि लगानीकर्ता आफैंले अनिवार्यरुपमा घरमा बसेर इन्टरनेटका माध्यमबाट सेयर भर्नुपर्छ । बैंकले भरिदिंदैन भन्ने पनि धेरैमा बुझाइ रहेको पाइएको छ । यसलाई चिर्ने प्रयास हामीले गरेका छौं । वास्तवमा आस्वा र सी–आस्वामा खासै ठूलो भिन्नता नै छैन । हाल प्रचलनमा रहेको आस्वामा सेयर आवेदक आफ्नो खाता भएको बैंकमा जान्छ । बैंकले सेयर भर्नका लागि एउटा फारम दिन्छ । त्यस फारममा लगानीकर्ताले नाम, ठेगाना, जन्म मिति, नागरिकता नम्बर, डिम्याट खाता नम्बर, आवेदन दिने सेयर संख्या, रकम लगायतका आवश्यक विवरण भर्छन् । त्यसलाई बैंकका कर्मचारीले रुजु गरेर पोष्टिङ गरिदिन्छन् । आवेदन दिएको सेयर बराबरको रकम आवेदकको बैंक खातामा रोक्का गरिन्छ । सेयर बाँडफाँट भएपछि सेयर परेमा परे जति बराबरको रकम कटाएर बाँकी रकम पुनः प्रयोग गर्न मिल्ने गरी खातामै खुला गरिन्छ । सामान्यतयः यही हो आस्वा प्रणाली । 
 
तर यही बेला सीडीएसले सी–आस्वा अनिवार्य गर्ने भनेपछि धेरै जना अन्योलमा परेका छन् । सी–आस्वाका बारेमा फरकफरक बुझाई र धारणा आइरहेको छ । यो निकै ठूलो बहस पनि बनिरहेको छ । धेरैको बुझाई सी–आस्वा बिल्कुलै फरक हो भन्ने पनि पाइएको छ । अहिलेसम्म बैंकहरुले खातावाललाई घरमै बसेर आफैंले इन्टरनेटका माध्यमबाट सेयर भर्न दिएको सुविधालाई सी–आस्वा भनिएको छ । यसमा बैंकले आवेदकलाई एउटा पासवर्ड दिन्छ । त्यही नम्बर लिएर खातावालले आफैंले घरमा बसेर सेयर भर्छन् । तर अब सीडीएस एन्ड क्लियरिङ लिमिटेडले अनिवार्य गर्ने भनेको सी–आस्वा फेरि कस्तो हो त ? थप जिज्ञासा उब्जिएको छ । अनि, धेरैले भन्न थालेका छन् अब बैंकले सेयर नै भरिदिंदैन । त्यसो भए इन्टरनेट, इमेल नजान्नेले अब कसरी घरमै बसेर आफैंले सेयर भर्ने ? भन्ने धेरैको चिन्ता पनि देखिएको छ । तर धितोपत्र बोर्ड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यो गलत बुझाई हो । सी–आस्वामा पनि बैंकले अहिले आस्वामा जस्तै सेयर भरिदिनेछन् । उनीहरुले हामी भर्दैनौं, तपाई घरमै बसेर भर्नुस् भन्न मिल्दैन । यदि कोही लगानीकर्ता बैंकमै जान्छ भने खाता भएका त्यस्ता बैंक तथा वित्तीय संस्थाले सेयर भरिदिनुपर्छ । फरक के हो भने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो सेयर नामको सफ्टवेयर ल्याएको छ ।

सबैं बैंक तथा वित्तीय संस्थाले सी–आस्वामार्फत सेयर भर्ने बित्तिकै यसको सबै रेकर्ड सीडीएसको केन्द्रीय प्रणालीमा पुग्छ । सेयर भर्नेको सबै तथ्यांक सोही दिन सीडीएसलाई जानकारी हुन्छ । सेयर बिक्री बन्द भएको बढीमा १५ दिनभित्र बाँडफाँट गर्न सकिनेछ । तर यसमा सेयर आवेदकलाई छुट्टै सीआरएन नम्बर दिइन्छ । यही नम्बरलाई इन्ट्री गर्नुपर्ने हुन्छ । अनि सबै रेकर्ड सीडीएसमा पुग्छ । तर यसका लागि सेयर आवेदकले वार्षिक फेरि ५० रुपैयाँ अतिरिक्त शुल्क भने तिर्नुपर्नेछ । यस आधारमा लगानीकर्तालाई केही थप शुल्कको भार भने पर्ने देखिन्छ । यसमा सेयर आवेदकले सीआरएन नम्बर लिएर घरमै बसेर आफैंले सेयर भर्ने वा आफ्नो खाता भएको बैंकमा गएर बैंकका कर्मचारीलाई भर्न लगाउने दुवै विकल्प सेयर भर्ने आवेदक आफैंले छनोट गर्न सक्नेछन् । धितोपत्र बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई फागुन ११ गतेदेखि सी–आस्वा लागू गर्न निर्देशन दिएको छ । यसअघि सीडीएसले माघ ११ गतेदेखि यसलाई अनिवार्य गर्ने भनिएकामा तयारी पूरा गर्न भन्दै बोर्डले १ महिनापछिबाट लागू गर्न निर्देशन दिएको हो । 
 
धितोपत्रको सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवा कार्य सञ्चालन निर्देशिका २०७४ को परिच्छेद–३ को दफा ६ मा सी–आस्वा रजिष्ट्रसन (सीआरएन नम्बर) सम्बन्धी व्यवस्था गरेको छ । यसमा ग्राहकको विवरण रुजु गरी सी–आस्वामा दर्ता गराउने भन्ने उल्लेख छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले आस्वा र सी–आस्वामा प्रविधि र प्रणालीगत आधारमा त्यति धेरै ठूलो भिन्नता नरहेको बताए । उनले भने, ‘आस्वा र सी–आस्वा भनेको उस्तै उस्तै नै हो, सी–आस्वाले सेयर आवेदन दिएका व्यक्तिको तथ्यांक राख्ने प्रणालीलाई केन्द्रीकरण गर्ने मात्रै हो । सी–आस्वा लागू भएपछि सबै आवेदकको तथ्यांक सीडीएसमा सीधै जान्छ, त्यसले गर्दा बढीमा १५ दिनमा धितोपत्र बाँडफाँट गर्न सकिन्छ ।’ तर यो पूर्ण रुपमा कार्यान्वयनमा आएपछि १ सातामा सेयर बाँडफाँट गर्न सकिने पनि उनले जानकारी दिए । यदि कोही लगानीकर्ता सी–आस्वामार्फत सेयर भर्न आफ्नो खाता रहेको बैैंकमा जान्छन् भने उनीहरुको सेयर बैंकका कर्मचारीबाटै भर्न पाइने धितोपत्र बोर्डले जानकारी दिएको छ । यता, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले सी–आस्वामार्फत सेयर भर्दा एकैपटक सेयर भर्नेको सबे तथ्यांक केन्द्रीय प्रणालीमा जम्मा हुने बताए । जसका कारण १५ दिनभित्रै सेयर बाँडफाँट गर्न सकिने उनको भनाई छ । अहिले आवेदनमा धेरै गल्ती कमजोरी देखिएका छन् । धेरैको आवेदन पनि रद्द भइरहेको छ । तर अब सी–आस्वा लागू भएपछि यो समस्या समाधान हुन्छ ।’ 
 
सीआरएन नम्बर एक पटक लिएपछि सधैंका लागि हुन्छ । वार्षिक १ सय रुपैयाँ तिरेर डिम्याट खाता खोलेका लगानीकर्ताहरुले पनि सी–आस्वाका लागि थप ५० रुपैयाँ तिर्नु पर्नेछ । हाल १० लाख ४८ हजार ६ सय ४ जनाले डिम्याट खाता सञ्चालन गरेका छन् । यही तथ्यांकलाई मात्रै आधार मान्ने हो भने पनि प्रत्येकबाट ५० रुपैयाँका दर संकलन गर्दा सीडीएसीले वार्षिक थप ५ करोड २४ लाख ३० हजार २०० रुपैयाँ आर्जन गर्नेछ । तर लगानीकर्ताहरुले भने यसको चर्को विरोध गरेका छन् । प्रविधिका नाममा लगानीकर्तालाई थप शुल्कको भार थोपर्न नहुने उनीहरुको भनाई छ । तर सीडीएसले भने यो शुल्क मेरो सेयर खाताको यूजर नेम र पासवर्ड प्रयोग गरेबापत लाग्ने बताएको छ । ‘५० रुपैयाँ शुल्क तिरेपछि मेरो सेयरको यूजर नेम र पासवर्ड पाइन्छ, त्यसबाट आफ्नो कति सेयर छ, कति बिक्री भयो भन्ने लगायतका सबै स्टेटमेन्ट थाहा पाउन सकिन्छ ।’ आफ्नो सेयरको जानकारी एकै ठाँउबाट पाइने भएकाले यो शुल्क सामान्य हो, सीइओ गुप्ताले भने । हाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुको करिव २५ सय  शाखाबाट आस्वा सेवा दिइरहेका छन् । अहिलेसम्म बैंकहरु आफैंले इन्टरनेटबाट घरमै बसेर सेयर भर्न २५ वटा बैंक तथा वित्तीय संस्थाले सुविधा दिंदै आएका छन् 

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, एक पटक पढ्नुहोस तपाईको जिवनमा अवश्य परिर्वतन ल्याउछ

 भन्छन् मानिसको टर्निङ्ग पोइन्ट एउटा हुन्छ रे, जीवनमा अनेकैं बाधाहरु आउने गर्छ । तेहि बाधाहरुको बिचबाट टर्निङ्ग पोइन्टको सुरुवात हुन्छ । हामीले जीवनलाई परिस्थिति अनुरुप फरक फरक तरिकाले परिभाषित गर्छौं । त्यस्तै यहाँ जीवनसंग सम्बन्धित प्रसिद्ध १०० भनाइहरु समावेश गरिएको छ, जुन पढेर तपाइलाई केहि गर्ने उत्प्रेरण मिल्छ
1. ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।
2. मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर ।
3. शहर र गाउँमा दुई फरक छन ।
(i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन ।
(ii). शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।
4. मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
5. दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।
6.  क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस
यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।
7. कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य, ….तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन ! यो एउटा कला हो !
8.मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ?”
9. नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन।मृत्यु त तब हुन्छ जब पौडिन आउदैन ! परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या तब बन्छ
जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !
10. परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि-“जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।”
11. यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन….
12. जिवनमा जतिनै दुख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच ऑशुका थोपा वग्नु पर्छ..!!
13. लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ।
14. तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल सग काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरु कैची जस्तो होस् । ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् !”
15. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा।
16. देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।
17.जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन ।
18. मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।
19. कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्। नयाँ हुँदा खासै टेस पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो।
20. मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।
21.असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।
22. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
23. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
24. हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।
25.  सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
26. सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।
27. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
28.अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।
29. एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ ।
30. जुन रोगको उपचारै छैन त्यही रोगको उपचार गर्ने अनगिन्ती डाक्टर निक्लिन्छन्। अनि जुन समस्याको समाधानै छैन त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार निक्लिन्छन्।
31. चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा !
32. हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
33. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।
34. हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।
35. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
36. हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।
37. हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!! तर , यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ
38. ” खिचडी ” एउटा यस्तो डीस हो,जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ!
39. केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् । तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर देखिन्छ।
40. सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।
41. तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई
पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।
42. जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।
42. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।
43. साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् ।
44. असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।
45.कामलाई भोलीको बाहानामा पन्छ्याउनु नै मानिसको सबैभन्दा ठूलो गल्ती हो ।
46.सफलता त्यो जमिनमुनीको पानी हो जुन सय ठाँउमा एक मिटर खन्नाले मिल्दैन बल्की एक ठाँउमा सय मिटर खन्नाले मिल्दछ ।
47. यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन् ।
48.तिम्रो डर गुरूत्वबल जस्तै हो जसले माथी चढ्न बाधा पुर्याउछ भने तल खस्न सहयोग ।
49.जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनै प्रयाश गर्दैनन् ।
50. प्रायः मानिसहरू यो भ्रममा बाचिरहेका हुन्छन् की सफलता संघर्षमा होइन भाग्यमा अडेकोवहुन्छ ।
51.उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल:साथी त्यो हो जसले अध्यरोमा पनि साथ दिन्छ ।
52.प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर; अगाडीको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् ।
53.आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब’बाहिरी संसार फिक्का लाग्नेछ ।
54. असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।
55.धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग- सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै महल ।
56.गुलावको बोटमा पनि काडा छ, चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा पनि चुरोट पिउथे, हेमिंग्वे रक्सी खान्थे । नकरात्मकता हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो ।
57.  हामीले मन्दिरमा पैसा चढाउदैमा कहिल्यै;धर्म हुदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना गरिरहेका भोका पेटहरूलाई चढाउदामा मिल्छ ।
58. विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल परिवार बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैबाट गर ।
59. जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन ।
60.निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।
61. नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ।
62. कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।
63. सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।
65. यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।
66. एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।
67.  हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।
68.सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।
69. यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।
70. हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।
71.हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
72. राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।
73. इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।
74. एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
75. मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघी बढ्दछ ।
76. एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
77.  जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।
78. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ ।
79. मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो ।
80. सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यसैको खोजीमा छु ।
81. विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ।
82. मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।
83. हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।
84. साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।
85. अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।
86. हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
87. आशा जागा अवस्थाको सपना हो ।
88. शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
89.हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।
90. म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।
91.जीवनभर हामी तितो टर्रो फिक्का चियासँग लड्छौँ र अन्तिम चुस्कीतिर मात्र चाल पाउँछौ- हत्तेरी, चिनी त कपको पिँधमा जस्ताको तस्तै पो रहेछ । हाम्रो जीवनलाई सबसे मीठो बनाउने सबै चिजबिज हामीसँगै छन मात्र हामीले आफ्नो कपमा चम्चा चलाउन भुलेका हौ, कप मष्तिस्कको प्रतीक हो।
92. हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिनदा त्यसको मुल्य बढाईदिन्छ।
93. कसैले सोध्यो “जीवन के हो ? ” अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ।
94. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।
95. हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
96. मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो।
97. यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।
98. तिम्रो सफलताको बाधक
* तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।
* तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।
* तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो ।
* तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन -स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।
* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।
* तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल भएका थिए ।
* तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो….।
तिमी सिवाय यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने कुनै दोश्रो ताकत छैन ।
99. म कसो नबनुला ?
– खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
– ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
– कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
– वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
– सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
– साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
– सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
– चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
– दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
– कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
– सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
– लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
– मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
– पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
– अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
– कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
– कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।
– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
– SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
– तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।
– पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
– कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
– स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
– झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
– थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
– तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
– हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
– दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
– मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । भने …
100. सफलताका दश शुत्रहरु
(i)आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।
(ii)डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।
(iii)धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।
(iv)धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।
(v)सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।
(vi)सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइज हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा गुमाउनपर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।
(vii) आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।
(viii) लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।
(ix)मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।
(x)सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् ।
‘सफलता तपाईको मुठ्ठीमा छ’
मनन गरौं आफ्नो जीवनमा अपनाऔं ।