Thursday, March 1, 2018

उच्च रक्तचाप भएकाले खानै नहुने खानेकुराहरु

सामान्य भन्दा बढी रक्तचापको अवस्थालाई  रक्तचाप उच्च हुनु भनिन्छ मुटु तथा रक्तनलिहरुमा  रगतले दिने दबाबका कारण यो समस्या देखा पर्छ  रक्तचाप विभिन्न कारणले गर्दा सामान्य भन्दा बढि हुनसक्छ मोटोपना, मुटुको रोग, उच्च कोलेस्ट्रोल, तनाव आदि कारणले गर्दा रक्तचाप उच्च हुन्छ रक्तचाप उच्च हुनु स्वास्थ्यका लागि हानिकारक हुन्छ तर नियमित व्यायाम गर्ने चिल्लो पदार्थ तथा सोडियम लवणको सेवन कम गर्ने हो भने रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ उच्च रक्तचापको समस्या भएकाहरुले खान नहुने खानेकुराहरु यी हुन् :

. अचार : अचार चाहे जे को होस्, उच्च रक्तचाप भएकाहरुले नखाँदा बेस हुन्छ अचारमा क्यालोरी कम हुने भएपनि सोडियम लवण उच्च हुन्छ

. पापड : पापडमा पनि क्यालोरी कम हुने तर सोडियम लवण उच्च हुन्छ

. अल्कोहल : मदिरा सेवन उच्च रक्तचाप भएकाहरुका लागि निकै घातक सावित हुनसक्छ अल्कोहलले रक्तचाप झनै बढाउँछ यसले रक्तनलीको भित्तामा क्षति पूराउँछ जोखिम झनै बढाउँछ

. चिल्लो तथा बोसोयुक्त खानेकुराहरुको बढि सेवन गर्नु हुँदैन तारेको तथा झानेको खानेकुरा, बोसोयुक्त मासु तथा रातो मासुका साथै दुध, दही, घिउको बढि सेवन पनि हानिकारक हुन्छ पानी नहालेको एक कप दुधमा ग्राम चिल्लो हुन्छ ग्राममध्ये ग्राम संतृप्त फ्याट हो जुन सरीरका लागि हानिकारक हुन्छ त्यसकारण फ्याट निकालेको दुध पिउनु राम्रो हुन्छ

. डुनोट : डुनोट खाँदा मिठो होला तर उच्च रक्तचापका रोगीहरुले डुनोट खानु राम्रो हुँदैन यसमा क्यालोरी तथा चिल्लोको मात्रा पनि उच्च हुन्छ

. चाउचाउ तथा अन्य फास्टफुड : तयारी चाउचाउ निकै सजिलो तथा स्वादिलो खाजा हो तर उच्च रक्तचाप भएकाहरुका लागि यो खानै नहुने चिज हो एक कप चाउचाउको सुपमा ८८० मिलिग्रामसम्म सोडियम हुन्छ चाउचाउसँगै धेरै नुन तथा चिल्लो भएका अरु फास्टफुडहरुले पनि रक्तचाप बढाउने गर्दछन् नुनमा पाइने सोडियमको मात्रा धेरै भयो भने मुटु तथा रक्तनलीमै क्षति पूराउने रक्तचाप उल्लेखनीय रुपमा बढ्ने जोखिम हुन्छ

. चिनी : चिनी तथा चिनीयुक्त खानेकुराहरुको अधिक सेवन पनि उच्च रक्तचापको अवस्थामा हानिकारक हुन्छ यसले मोटोपना बढाउने हुनाले स्वतःः रक्तचाप पनि बढाउँछ

. कफी : कफीमा हुने क्याफाइन तत्वले रक्तचाप बढाउँछ त्यसैले रक्तचाप उच्च हुने मानिसले कफीको बढि सेवन गर्नु हुँदैन एजेन्सीको सहयोगमा

 

 

Sent from Mail for Windows 10

 


Virus-free. www.avast.com

No comments:

Post a Comment